काठमाडौं, १४ पुस । कतै उपराष्ट्रपति नन्दकिशोर पुनको पिए त कतै उपराष्ट्रपतिको छोरा हुँ भन्दै विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा पैसा माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

roshan-subediकार्यक्रम गर्नका लागि जवरजस्ती रकम माग गरेको उजुरीका आधारमा सिन्धुपाल्चोक जिल्ला राम्चे गाविस–५ हाल भक्तपुर, कमलविनायक बस्ने कमल भन्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानुनी कारवाही गरेको जनाएको छ । उनीमाथि अपराध महाशाखाले अनुसन्धान गरिहेको छ ।