तुलसीपुर १३ पुस । क्यान्सरले मृत्यु भएका तुलसीपुर १ राणागाँउका बिर बहादुर खत्रीका दुई छोराको उच्च शिक्षाका लागि सहयोग हुने भएको छ । नेपाली काग्रेसका महासमिति सदस्य तथा पुर्ब जिल्ला बिकास समिति दाङका सभापति खगराज पाण्डे, धु्रब पुन र पदम बहादुर खड्काले पीडित परिवारको घरमा पुगी सहयोग हस्तान्तरण गर्दै यस्तो बताएका हुन् । उनीहरुले पिडित खत्री परिवारलाई पाँच हजार रुपैया सहयोग पनि गरेको स्थानिय समदर्शी युवा क्लबका सल्लाहकार चेतमान सेजुवालले जानकारी दिए ।
बुधबारको राप्ती समाचार राष्ट्रिय दैनिकमा प्रकाशित ‘ श्रीमानको उपचारमा सम्पत्ती सकियो , अब जीवन कसरी चलाउने’ शिर्षकको समाचार पढेपछि खत्री परिवारको दुःखलाई आफनो दुःख जस्तै सम्झेको उनले बताए । उनले भने‘ पत्रिकाको समाचार पढेपछि मन खत्री परिवारलाई परेको पिडा मेरो जस्तै लाग्यो, अनी हामी तीन जना सानै भएपनि सहयोग रकम हस्तान्तरण गर्न आएका हौ ।’ उनले थपे ‘ आर्थिक अभाबकै कारणले साना कलिला ९ र ५ कक्षामा पढ्दै गरेका दुई बालकको उच्च शिक्षा हाँसिलका लागि सहयोग गर्छु ।’
उनले पत्रिकामा पत्रकासित समाचारबाट प्रभाबित भएर सहयोग गर्ने आशा पलाएको उनले बताए । क्यान्सर पीडित भई मृत्यु भएका बिर बहादुर खत्रीका दुई छोरा अहिले आमा सितला संगै बाउको किरिया गरिरहेका छन् ।
उपचारमा लागेको ऋण तिर्न नसक्ने अबस्थामा रहेपछि गुरुजजुर उच्च माद्यायामिक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीय केशब र कक्षा ९ मा अध्ययनरत १४ बर्षीय सन्तोषलाई कसरी उच्च शिक्षा पढाउने भन्ने चिन्ता भएको सितलाले बताईन् । साथै उपचारमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको सितलाको भनाई छ ।