काठमाडौं, १३ पुस । सरकारले किसानले उत्पादन गरेको उखुको मुल्य तोकेको छ । कृषि विकास मन्त्रालयले प्रति क्वीन्टल उखुको मुल्य ५ सय ३१ रुपैयाँ तोकेको हो । कृषि मन्त्रालयले उद्योग मन्त्रालयको समन्वयमा उखुको मुल्य निर्धारण गरेको हो ।
उखु किसानले प्रति क्वीन्टल पाँच सय ५६ रुपैयाँ उपलब्ध गराउनुपर्ने र चिनी उत्पादक उद्योगले पाँच सय १३ रुपैयाँसम्म दिने अडान राखिरहेको अवस्थामा मन्त्रालयले उखुको मूल्य निर्धारण गरेको हो। मूल्यलाई लिएर उद्योगी र किसानबीच लामो समयदेखि विवाद हुँदै आएको थियो ।
नेपालको सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, नवलपरासी, कपिलवस्तु तथा कञ्चनपुरमा करिब ६१ हजार आठ सय हेक्टरमा २६ लाख ९७ हजार आठ सय मेट्रिक टन उखु उत्पादन हुन्छ ।
