काठमाडौं, १३ पुस । नेपाली आकाशमा खुल्ला रुपमा हवाइ जहाज उडाउने भारतको सपना तुइएको छ । भारतले असीमित उडान गर्न अघि सारेको खुला आकाश सम्झौता प्रस्ताव नेपालले सिधै अस्वीकार गरिदिएपछि भारतको त्यो सपना तुइएको हो । पूर्वाधार नभएकाले खुला आकाश सम्झौता गर्न नसक्ने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल खुला आकाश नीति लिन सम्भव नभएको नेपाली पक्षले भारतलाई जानकारी गराएको थियो ।
नेपाल र भारतका अधिकारीहरुबीच अघिल्लो साता भएको वार्तामा भारतले खुला आकास सम्झौताको प्रस्ताव गरेपछि सो प्रस्तावको नेपालले सिधै अस्वीकार गरेको हो ।
नेपालले माग गरेको तीन हवाई रुट खुला गर्नेबारे अध्ययन गर्न संयुक्त प्राविधिक समिति बनाउने सहमति भएको जानकारी दिएका छन् । त्यस्तै जनकपुर, भैरहवा र नेपालगञ्जबाट नयाँ एयर रुट माग गरेको छ ।