बिमल योगी

दाङ, १२ पुस । दाङको सौडियार गाँउ बिकास समितिका बिभिन्न टोलमा गठन भएका सामुदायिक संस्थाहरुको भेला सम्पन्न भएको छ । सामुदायिक दिगो बिकास कोष अन्तरगत गठन भएका संस्थाहरुको अध्यक्ष तथा म्यानेजर भेला सम्पन्न भएको हो ।

saving-bonds_144125966319_650x425_090315112507कोषका अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा भएको भेलामा सहभागीहरुले सामुदायिक संस्था मार्फत बच संकलन, ऋण लगानी जस्ता कार्यमा उल्लेख्य काम भएको जानकारी गराएका छन् ।

उनीहरुले २०५६ सालदेखि सञ्चालनमा रहेका १५ वटा सामुदायिक संस्थाहरुले दुई करोड बढीे बचत संकलन गरेका छन् । जस मध्य सवैभन्दा बढी सौडियार–४ बचाहमा रहेको सूर्योदय दिगो बिकास संस्थाले ७५ लाख बचत संकलन गरी आफ्ना सदस्यहरुलाई बिभिन्न व्यावसाय तथा आयमुलक क्रियाकलापमा लगानी गरिरहेको छ ।

यस्तै सौडियार २ बेरुवागाँउमा रहेको लाली गुराँस सामुदायिक संस्थाले ६१ लाख ५० हजार, ग्रामीण उत्थान सामुदायिक संस्थाले ११ लाख ६७ हजार बचत गरी लगानी गरेका छन् ।

भेलाले संस्थाहरुलाई व्यवस्थित गर्न र करको दायरामा ल्याउन सहयोग पू¥याउने उदेश्यले बसन्तराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सामुदायिक दिगो बिकास मुल समिति समेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बिमला शाह, सचिवमा निमानन्द गैरे,कोषाध्यक्षमा बिष्णुराम आचार्य, सदस्य सचिवमा हरिकुमार घिमिरे, सदस्यहरुमा मंगलराम डाँगी, चिजबहादुर चौधरी, बेदुराम भण्डारी, मिना डाँगी, तुलसा पाण्डेय, गिता शर्मा र राजेश चौधरी रहेका छन् ।