दाङ।  प्राविधीक शिक्षाको स्तर उन्नतिकालागी दाङको घोराहीमा यही माघ ३ देखी १० गतेसम्म सञ्चालन हुने श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा विभिन्न अनुष्ठानक कार्यक्रमहरु हुने भएका छन् । पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ महायज्ञमा विभिन्न अनुष्ठानका कार्यक्रमहरु हुने आयोजक मूल समितिले बताएको छ ।

mahayagga

“सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ हुने महायज्ञमा विवाह, पास्नी तथा दिक्षामन्त्र, ब्रतवन्ध, लघुरुद्री, सत्यनारायण कथा, लक्ष्यवर्तिका, ८४ पूजा, ग्राहजप लगायतका अनुष्ठानका कार्यहरु हुने आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जसकालागी शुल्क पनि तय गरिएको छ । जसमा विवाहकालागी १ हजार ५ सय ५, पास्नी तथा दिक्षमन्त्रकालागी ५ सय ५, व्रतवन्धकालागी १ हजार ५, लघुरुद्रिकालागी स्वयम्कर्ताले गरेमा १० हजार ५ र ब्राह्मणद्धारा गराएमा ३ हजार ५ रुपैया तय गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुदिप गौतमले जानकारी दिनुभयो ।

यसैगरी सत्यनारायण कथाकालागी १ हजार ५, लक्ष्यवर्तिकालागी ३ हजार ५ सय ५, ८४ पूजाकालागी २ सय ५ सय ५ र ग्रहजपकालागी १ हजार ५ देखी ५ हजार ५ रुपैयासम्म शुल्क तय गरिएको गौतमले जानकारी दिनुभयो । महायज्ञको प्रमुख कथावाचकमा पण्डीत दिनवन्धु पोख्रेल, सहवाचकमा धुव्रशरण बस्याल रहनुभएको छ ।