दाङ । त्रिपुर ८ हापुरका शहिद विषेश्वर पोख्रेलकी धर्मपत्नी लक्ष्मी पोख्रेलको मृत्यु प्रति नेकपा माओवादी केन्द्र दाङले दुःख व्यक्त गरेको । नेकपा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी र सर्वहारा जनताका पक्षका निरन्तर लड्दै आउनु भएकी लक्ष्मीको मृत्युले नेकपा माओवादी केन्द्रलाई ठुलोक्षति पु¥र्याएको बताउनुभयो ।

perisdanda-UCPN_815132376लक्ष्मीको मृत्युले पार्टीको एक ईमान्दार कार्यकर्ता गुमाएको बताउँदै समाज परिर्वनका लागि उहाँले खेलेको भुमिका महत्वपुर्ण भएको विज्ञप्तीमा भनिएको छ ।

यस्तै केन्द्रले लमही घोराही सडक खण्डको लक्ष्मीपुर १ मुसोट खोलामा भएको दुर्घटना प्रति पनि दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी पुर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर निर्मल श्रेष्ठ ‘अमृत’ का बुवा सौडियार ६ पर्सा निवासी चित्रबहादुर श्रेष्ठको मृत्युले अत्यन्तै मर्माहत बनाएको छ पुनद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै वरिष्ठ लोक गायक तथा संगीतकार मधुबावु थापाको निधन प्रतिपनी दुःख व्यक्त गरिएको छ । वार्इं.सि.एल. दाङका जिल्ला सदस्य प्रवीण थापाका बुवा समेत रहनु भएका सौडियार ५ राजपुरका मधुबावु थापाको मृत्युले सांगीतिक क्षेत्रका एक नक्षत्र गुमाएको मा दुःख व्यक्त गरिएको छ ।

दाङलाई –काठमाण्डौ सम्म गायनका क्षेत्रमा चिनाउन थापाले महत्वपूर्ण भुमिका खेलेको वताउँदै उहाँको योगदान स्मरण योग्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संयोजक पुनले मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना समेत प्रकट गर्नु भएको छ ।