गोग्ली, ८ पुस । क्रिसमस डेका अवसरमा बलिदान चर्च गोग्लीको आयोजनामा विहीबार गोग्लीमा एक कार्यक्रम आयोजना गरियो । शान्तवहादुर घर्ती मगरको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल सवै धर्मावलम्वीको देश भएको भन्दै एउटा धर्म मान्नेले अर्को धर्म मान्नेलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरीले नेपाल धर्म निरपेक्ष मुलुक भएका कारणले गर्दा एउटा धर्मले अर्को धर्मलाई सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालमा सवै धर्मको उस्तै स्थान रहेको र २०६२/०६३ को आन्दोलनले सवै धर्मलाई समान रुपमा मान्यता दिएको चर्चा गर्नुभ्यो ।
कार्यक्रममा पाष्टर मिलन रोकायले बाइवल सम्वन्धी प्रवचन दिनुभएको थियो । ज्योति राइस मिलका संचालक भिमवहादुर सार्कीको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले दाङका सचिव हिराचन्द्र केसी, जिल्ला सदस्य मानवहादुर विक, जिल्ला सदस्य मनिराज पुन, नेपाली काँग्रेसका युवराज आचार्य, क्रान्तीकारी माओवादीका नरेन्द्र बञ्जाडे, माओवादी केन्द्रका भिमवहादुर पुन, लगायतले बोल्नुभएको थियो ।
चन्द्र बुढामगरले संचालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले लक्ष्मीपुरका अध्यक्ष शंभु पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
