कुशुम वि.क.
बर्दिया ९ पौष । अनाधिकृत रुपमा अन्तराष्ट्रिय आगमन कल बाइपास गरेको आरोपमा बर्दिया प्रहरीले ३ जना लाइ पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्ने मध्ये एक जना भारतिय नागरिक पनि रहेका छन ।

15725413_1271726886238590_420846746_o

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहरा ले भारत बहराइच थाना मोतिपुर ग्राम वलैगाउका ३७ वर्षिय सव्वु भनिने एहतिसाम अहमद , बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड न ८ का २७ वर्षिय संदिप कुमार खडका , बर्दियाको कालिका गाविस वार्ड न ६ को कन्ठपुरमा दहित ट्रेडर्स सचालन गरी वस्ने ३७ वर्षिय चुल्लुराम दहितले अवैध रुपमा विद्युतिय सामानहरुको प्रयोग गरी बर्दिया जिल्लाको गुलरियामा कलबाइ पास गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा सामाग्रीसहित पक्राउ गरीएको वताउनु भयो ।

पक्राउ परेकाहरुले मिति २०७३ साल असार महिना बाट हाल सम्म १ सए ६१ दीन सम्म २५ लाख ७६ हजार मिनेट कल वाइपास गरेको जसको नोक्सानि २ करोड १८ लाख ९६ हजार भएको बताइएको छ ।

के हो कलवाइ पास ?
दुर सन्चार सेवा प्रदायकहरुको नियायक निकाय नेपाल दुर सन्चार प्रँधिकरण बाट अनुमति पत्र प्रँप्त नगरी तथा अनुमति पत्र प्रँप्त दुर सन्चार सेवा प्रदायकहरुको अन्तराष्ट्रिय गेटवे छलि अनाधिकृत रुपमा अन्तराष्ट्रिय टेलिफोन कलहरु वीदेशबाट नेपाल भित्रयाइ दुर सन्चार सेवा प्रदायक हरुको नेटवर्कमा अनाधिकृत रुपमा स्थानिय तवरले ति कलहरु प्रबेश गराइ दुर सन्चार सेवा प्रदायक हरुको ग्राहक सम्म पुर्याउने कार्यलाइ अन्तराष्ट्रिय आगमन कल वाइपास भनिन्छ ।

यस्तो गैर कानुनी कार्यले राज्यलाइ प्रँप्त हुने राजश्वमा नोक्सान पुग्ने अनुमति पत्र प्राप्त दुर सन्चार सेवा प्रदायकहरुको आयमा ठुलो नोक्सानी हुने , कलको गुणस्तरमा हस हुने विदेश बाट आउने कलमा अवरोध हुने तथा फयाक्स आउन कठिनाइ हुने भइ दुर सन्चार प्रणाली र सरचनामा असर पार्ने सम्म हुन्छ । यसलाइ नै कल वाइ पास भनिन्छ ।