तुलसीपुर ९ पुस । तुलसीपुर नगरपालीकाको २५ औ नगर परिषद पुष २१ गते हुने भएको छ । नगरपरिषदले आर्थिक वर्ष ०७४÷०७५का लागि ३१ करोड वजेट प्रस्ताव गर्ने तुलसीपुर नगरपालीकाले जनाएको छ । चालु आर्थिक वर्षमा २१ करोड ५० लाख वजेट कार्यान्वयन गरिरहेको तुलसीपुर नगरपालीकाले आउँदो आर्थिक वर्षका लागि झण्डै १० करोड वजेटको सिलिङ वढाएर ३१ करोड वजेट ल्याउने तयारी गरेको नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।
नगरपालिकाले क्षेत्र विस्तारका साथै वडा विकासमा दिदै आएको विकास अनुदान रकम वढाउँदा आउदो बर्षको लागि वजेट वढेको अधिकृत केसीको भनाई छ । चालुआर्थिक वर्षको तुलनामा आउँदो वर्षका लागि वजेट धेर ैभएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा वडा विकास अनुदान वजेट १५ लाख वाट वढाएर १९ लाख ५० हजार वनाईएको नगरपालीकाले जनाएको छ ।
वडा विकासको १९ लाख ५० हजार मध्य ९ लाख ५० हजार भौतिक पुर्वाधार विकास वजेट र १० लाख लक्षित वर्ग विकास कार्यक्रममा रहेको नगरपालीकाका सुचना अधिकारी झरेन्द्र खरेलले वताए । नगरपालिकाले शुक्रवार राजनीतिक दलका प्रतिनिधिको रोहवरमा वसी नगरपरिषदको मिति तय गरेको तुलसीपुर नगरपालीकाले जनाएको छ ।
नगरपालीका कार्यालयले विहिवार स्टाफ मिटिङ वसि नगरपरिषद तयारीका लागि विभिन्न उपसमिति समेत गठन गरेको थियो । २१ औं नगर परिषदमा राजश्वको क्षेत्र पहिचानका साथै सार्वजनीक जग्गा संरक्षणमा नयाँ नीति तय गरीने नगरपालिकाले जनाएको छ । सार्वजनिक प्रति एैलानि जग्गा धेरै भएको तुलसिपुरमा स्थानिय निकायको ध्यान नजाँदा धेरै सार्वजनिक जग्गा भुमाफियाको कव्जामा परिसकेको नगरवासीको गुनासो रहेको छ ।
नगरपलिकाले नयाँ नीति तयका साथै केहि निर्णय संसोधनका लागि उपसमिति समेत गठन गरेको नगरपालीकाले जनाएको छ ।
