विराटनगर, ८ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा आजदेखि शुरु भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी छिन् । उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले खेलकुद विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने बताएकी छिन् ।

e683f334ebfe089e1287afe14a46b4b2यस्तै उनले खेलकुद विकासको क्रम लामो हुने भन्दै खेलकुद विकासका लागि दिगो लगानीको आवश्यकता पर्ने बताइन । यस्तै विद्यालय स्तरदेखि विश्वविद्यालय सम्म खेलकुद सम्बन्धि पाठ्यक्रम हुनुपर्ने बताइन् । उनले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको कामना गरेकी छन् ।

sam_3131राष्ट्रपति भण्डारी विराटनगर आउने भएपछि विहानैदेखि यहाँको सुरक्षा अवस्था कडा पारिएको थियो । आगामी १५ गते सम्म चल्ने प्रतियोगितामा ३ हजार ९ सय ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा २ सय ६८ स्वर्ण, २ सय ६८ रजत र ४ सय १६ कास्य पदकको छिनौफानो लाग्ने छ । ३५ खेल मध्य अहिले सम्म ट्रायथलन, पौडी र शारिरीक सुगठन प्रतियोगिता भइसकेको छ ।