संजय कुशवाहा

नवलपरासी , ८ पौष  । नवलपरासी जिल्लाका मल्हाह जातिहरुले नारायणी नदिमा स्वतन्त्ररुपमा माछा मार्न पाउनु पर्ने माग गरेका छन ।नारायणिमा निर्बाद रुपमा माछा मार्नु पाउनु पर्ने माग सन्चारकर्मि समछ गरेका छन बिगत लामो समय देखि त्रिबेणि नारायणि किनारमा बस्दै आएका सयौ मल्लाहरुको दिनचर्या बनेको हुदा नारायणिमा माछा मार्न जादा प्रशासनबाट अवरोध सृर्जना भइरहेकोले त्यो तत्काल हटाई सहजरुपमा माछा मार्ने बाताबरण मिलाई दिन सन्चारकर्मि समछ जनाएका छन। १५० जनस्ख्या रहेको त्रिवेणीमा जीवन धान्न धौ धौ भईरहेको मल्हाह जातिका अगुवा जिवधन मल्हाहले बताएका छन ।

15666200_380848032262392_952245930_nमाछा मार्ने दिन चर्यानै बनिरहदा गजेन्द्रमोछमा रहेका नेपाली सेनाको ब्यारेकले रोक लगाएको हुदा स्थानिय मल्हाहहरुको २ छाक टार्न गार्हो भएको बताएका छन।आफ्नो नाममा जग्गा नरहेको हुदा परिवारहरुको जीवन धान्न गार्हो भईरहेको छ।नारायणि नदिमा माछामारि माछा बेचेर २ छाक टार्ने उनिहरुको दिनचर्यया रहको छ।