इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । दाङमा सोलारबाट पहिलो पटक सिँचाइको व्यवस्था गरिएको छ । सोलार पम्पिङ सिस्टमबाट सिँचाइको व्यवस्था गरिएको हो ।
करीव ३० लाख रुपैयाँको लगानीमा हेकुली–९ सुकदेवामा इसाका जापानको कम्पनीले लिप्टिङ प्रणालीबाट सिँचाइको व्यवस्था गरेको हो । इसाका कम्पनीका नेपाल प्रतिनिधि चिरञ्जीवी थापाले नेपालमा यो प्रविधि पहिलो पटक ल्याइएको बताए ।
‘जापानमा यो प्रविधि प्रयोग भइरहेको छ, तर नेपालमा पहिलो पटक परीक्षणको रूपमा गरेको प्रयास सफल भएको छ’, उनले भने ।
विद्युतको पहुँच नपुगेको ठाउँमा यो प्रविधिबाट सिंचाइ सुविधाको व्यवस्थ ागर्न सकिने थापाले बताए । र यसले कृषिमा समेत आधुनिकीकरण आउने उनको दावी छ ।
यसरी गरिएको सिंचाइ सुविधाबाट १५ बिघा जमिनमा सिँचाइ हुनेछ । सोलारबाट २ किलोवाट विद्युत उत्पादन गरी खोलाबाट पानी तानिएको छ ।
