दाङ, ८ पुस । चर्चित लोकगायक मधुबाबु थापाको ६३ वर्ष उमेरमा निधन भएको छ । बेहोस अवस्थामा बाथरुमबाट निकालेर मोडल अस्पताल पुर्याइएका थापाको उपचारका क्रममा हिजो दिउँसो निधन भएको हो ।
गायक थापा रेडियो नेपालबाट डिउटी सकेर अनामनगरस्थित डेरामा आएपछि नुहाउन बाथरुम पसेको र त्यसपछि एक्कासी वेहोस भएको बताइएको छ । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
मुटुको पनि समस्या रहेका थापाले गङ्गालाल अस्पतालमा नियमित जाँच गराइरहनुभएको थियो । थापाको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बिहान ९ बजेदेखि राखिने छ ।
दाङको सौडियार गाविस–५, राजपुरमा २०१० सालमा जन्मेका थापाले २०३९ सालदेखि रेडियो नेपालमा जागिर सुरु गरेका थिए । स्व. थापाका तीन छोरा र एक छोरी छन् ।