इन्द्रेणी डेस्क
दाङ, ७ पुस । प्रमुख प्रतिपक्ष नेकपा एमालेले पछिल्लो सयममा संघीय संरचनामा आफ्नो धार परिवर्तन गर्दै गएको छ । केही दिन पहिले एमालेका उपाध््रयक्ष वामदेव गौतमले संघीयतामा अन्जानमै आफ्नो पार्टी फसेको बताए लगतै अध्यक्ष केपी शर्मा ओलीले पनि संघीय संरचनामा आफ्नो धारणा बदलेका छन् ।
फोटोः फाइल
अध्यक्ष ओलीले अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै प्रदेशको सीमांकन उत्तर(दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।
आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोट निवासमा हिजो भएको छलफलमा उनले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरे ।
ओलीको भनाइलाई समर्थन जनाउँदै पूर्वसांसदहरूले पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको यो विचारले अब फेरि मुलुकमा लोकप्रियता नपाउला भन्न सकिदैन । किन भने अहिलेको संघीय संरचनामा दलहरुनै आन्यौलमा भइरहेको वेला धेरै नेपालीहरुले पूर्वराजा महेन्द्रले नै बनाएको पाँछ प्रदेश ठिक भन्ने सुनिन्छ ।
त्यसैले पनि अब ओलीले लोकप्रियता कमाउन सक्छन् भने यसैलाई नेकपा एमालेले अघि वढायो भने पार्टीले नै जनताको समर्थन नपाउला भन्न सकिदैन ।











