धर्ना ७ पुस । दाङमा एउटा मोटरसाईकलमा आगजनी गरिएको छ भने अर्को मोटरसाईकल चोरी भएको छ । महिलाको विषयलाई लिएर विवाद हुदा धर्ना २ मा एउटा मोटरसाईकलमा आगजनी भएको हो । सोही ठाउको विहेमा गएका एक व्यक्तीले स्थानिय एक महिलालाई जिस्काएको विषयले उग्र रुप लिदा रा १ प ५३६१ नम्वरको मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आगजनीबाट मोटरसाईकल पुर्ण रुपमा जलेर काम नलाग्ने अवश्थामा पुगेको छ । घटना वारे थप वुझ्नका लागी जिप्रकाको टोली त्यस तर्फ गएको पनि प्रहरीले जनाएको छ । यसैविच गएराति घोराहीबाट एउटा मोटरसाईकल चोरी भएको छ । घोराही भरतपुर स्थीत मोहनलाल पाण्डेको घरमा राखिएको २ सय २० सिसिको रा ३ प ८०५२ नम्वरको निलो पल्सर मोटरसाईकल चोरी भएको जिप्रकाले जनाएको छ ।
चोरले राति सुतेको समयमा गेटको ताल्चा फोडी मोटरसाईकल चोरी गरेको प्रहरीको भनाई छ । चोरी भएको मोटरसाइृकलको खोजि कार्य तिव्र पारिएको पनि प्रहरीले जनाएको छ ।