भुपेन्द्र वली
राप्ति उपक्षेत्रिय अस्पतालले पटक पटक आग्रह गरेपनि गैरसरकारी संस्था आईएनएफ दाङले अस्पतालको कब्जा जग्गा छाड्न अटेरि गरेको छ । उल्टै आईएनएफका कार्यकारी निर्देशक गँगादत सुबेदीले अस्पताललाई पत्र लेखेर आफुहरुले समाज कल्याण परिषद संग २०२१ सम्मका लागी जग्गा भोगचलन गर्न पाउने स्विकृती लिएको भन्दै तत्काल जग्गा छाडन नसक्ने बताएका छन् ।
तर समाज कल्याण परिषद संग स्विकृती लिइएकै भरमा अस्तपतालको जग्गा कब्जा गर्न नपाइने अस्पताल विकास समीतीले जनाएको छ । ‘ समाज कल्याण परिषद संग उहाँहरुको एनजिओले आफना कार्यक्रम सञ्चालन गर्नका लागी स्विकृती लिनुभएको हो । ’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले भने ‘ एजजिओको कार्यक्रमका लागी लिइएको स्विकृतीबाट सरकारी अस्पतालको जग्गा कब्जा गरी कार्यक्रम सञ्चालन गर्न पाईन्छ ? ’
भवन निर्माणमा अप्ठयारो
आईएनएफले कब्जा जग्गा नछाड्दा अस्पतालले निर्माण गर्ने भनेको बहुउद्येशीय भवन निर्माणमा अप्ठयारो परेको छ । हालको भवनहरुबाट स्वास्थय सेवा उपल्बध गराउने असहज भएकाले जसरी नि भवन निर्माण गर्नुपर्ने मेडिकल सुपरिटेण्डेन्ट पन्थीले बताए । हाल उनि भवन निर्माणको डिजाईन स्विकृत गराउनका लागी काठमाण्डौ गएका छन् । ‘ हामीले अहिले सम्म सहजरुपमा आग्रह गर्दै आएका छौं उनले भने‘ अबको एक महिनाभित्र पनि आईएनएफले जग्गा छाडेन भने कानुनी प्रक्रियामा अघि बढछौं ।’
स्वास्थय मन्त्रालयले भवन निर्माणका लागी भनेर आर्थीक वर्ष ०६८÷०६९ बाट अस्पताललाई वार्षीक ५० लाखका दरले रकम उपल्बध गराउने सहमती गरेको छ । २० करोड रुपैया लाग्ने अनुमान गरिएको भवनबाट हालको संरचनालाई विस्तार गरेर ३ सय शैया पुर्याउने , ईमरजेन्सी सेवालाई प्रभावकारी बनाउने लगायत विभीन्न प्रशासनीक गतिविधी सञ्चालन गरिने पन्थीले बताए ।
विरोधमा उत्रिदै स्थानिय
सरकारी अस्पतालको जग्गा एनजीओले कब्जा गरेर भोगचलन गरिरहेको थाहापाएपछि स्थानिय विरोधमा उत्रिन थालेका छन । अस्पताल वरपरका टोलबासीले छिटै भेला गरेर कब्जा जग्गा बाट आईएनएफलाई हटाउन दबाब दिने तयारी गरेका छन् । सरकारी स्वामीत्वको जग्गा कुनै पनि गैरसरकारी संस्थाले बिना कुनै सम्झौता भोगचलन गर्नु कानुनी राज्यको उपहास भएको स्थानीयको भनाई छ । दाङ जिल्ला उद्योग वाणीज्य संघका उपाध्यक्ष नारायण भुसालले आईएनएफले स्वास्थय सेवा उपल्बध गराउदै आएतापनि अस्पतालले अस्पतालले लामो समयदेखि जग्गा फिर्ता गर्न आगंह गरिरहेकाले जग्गा छोड्नपर्ने बताए ।
‘ अब भवन निर्माणका लागी अस्पताल टेण्डर आहवाहन गर्ने प्रक्रियामा पुगिसकेको छ’ उनले भने ‘ अस्पतालको सहज आग्रहलाई स्विकार नगरे आईएनएफ र स्थानिय बिच द्धन्द सिर्जना हुने पक्का छ । किनकी स्थानिय बिना कुनै सम्झौता जग्गा भोगचन गरिएको प्रति आक्रोशीत छन् । गैरसरकारी संस्था आईएनएफले ४३ वर्ष यता राप्ति उपक्षेत्रिय अस्पतालको जग्गा भोगचलन गर्दै आएको छ । तर जग्गा भोगचलन गर्न पाईने बारे आईएनएफले आधिकारीक निकाय अस्पताल र स्वास्थय मन्त्रालय संग कुनै सम्झौता गरेको छैन् ।