भुपेन्द्र वली
गृहजिल्ला दाङ आँउदा प्रायः साँगीतिक कार्यक्रममा गायिका का रुपमा प्रस्तुत हुने लोकगायिका कोमल ओली यसपटक भने महिला नेत्रीका रुपमा प्र्रस्तुत भईन । जागरण अनलाईनले बुधबार घोराहीमा आयोजना गरेको कार्यक्रममा निर्धारित भन्दा केही समय ढिला पुगेकी उनले शुरुमा आफैमाथी व्यङय गरिन । ‘ निर्धारित समय भन्दा केही ढिला गरेर कार्यक्रममा आईपुगेकी छु । साँच्चि अब त नेता भए झै लागेको छ । ’ कार्यक्रममा ओलीले आफनो साँगीतीक यात्रा संगै राजनैतिक अनुभवहरु सुनाईन । उनले भनिन ‘ राजनीति प्रति संधै चासो राख्दै आए पनि बल्ल अब राजनीति भित्रको चलखेल बुझन थालेको छु । ’
दैलेख , बाजुरा , जाजरकोट लगायतका विकट जिल्लाहरुमा पुग्दा महिला तथा बालबालीकाले पाएको दुःख बाट प्रभावित भएर आफुले राजनीतिलाई अंगाल्नु परेको उनले सुनाईन । ‘ गायीका भएर पनि सामाजीक सेवाका क्षेत्रमा काम नगरेको हैन ’ उनले भनिन ‘ तर सबै कुराको परिवर्तनका लागी नीतिगत व्यवस्थाहरुको निर्माण आवश्यक रहेछ । जुन राजनीति गरेर मात्र सम्भव रहेछ । ’ आफुले मुख्य गरी महिला हिंसा , बालविवाह र मानवअधिकारका क्षेत्रमा राजनीति मार्फत योगदान पुर्याउने उनले बताईन ।
‘ राजनीतिलाई सेवा भन्दा व्यापार बनाईदा नेपाली जनताले यो दुर्दशा व्यहोर्नु परेको हो उनले भनिन ‘ यसको ठिक उल्टो राजनितीलाई सेवाका रुपमा रुपान्तरण गर्न आवश्यक छ ।’ रेडियो नेपालको जागिरे समेत रहेकी ओलीले फाल्गुण बाट यो जागिर परित्याग गर्ने बताईन । ‘ पार्टीमा कार्यकारी पद पाएसी अब रेडियो नेपालबाट विदा लिनेछु । ओलीले भनिन ‘ तर एकचोटी पत्रकार संधैको पत्रकार हो । जनतालाई सचेत गराउने मेरो भुमिका भने संधै रहनेछ । ’ यद्यपी राप्रपा प्रवेश र.गरेपनि आफुलाई नेतृृ भन्दा गायिका भनेर सम्बोधन गरेको नै मनपर्ने उनले बताईन ।