नुवाकोट, ६ पुस । चीनबाट नेपालतर्फ ल्याउदै गरेको ५ किलो अबैध सुनसहित रसुवागढी भन्सारमा एकजना पक्राउ परेका छन् । मोटरसाइकलको एयर फिल्टरमा लुकाएर नेपालतर्फ ल्याउदै गरेको पाँच किलो सुनसहित रसुवागढी भन्सार कार्यालयको सहयोगमा रसुवा प्रहरीले रसुवा गत्लाङ–२ का वीरेन तामाङलाई प्रक्राउ गरेको हो ।
केरुङबाट रसुवागढी हुँदै नेपाल आउन लागेको बा. ६८ प ७४५४ नम्बरको मोटरसाइकलमा एक÷एक किलो पाँच थान बनाएर अबैधरुपमा सुन ओसारपसारमा संलग्न २८ वर्षका तामाङमाथि अनुसन्धान सुरु गरिएको रसुवा प्रहरी प्रमुख फणिन्द्र प्रर्साइले जानकारी दिए ।
“सुन जस्तो देखिने प्रतिएक किलो रहेको पाँच थान पहेँलो धातु भेट्टिएको छ”, प्रहरी प्रमुख प्रसाईले भने, “घटनाको प्रारम्भिक अनुसन्धान पछि कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाउने छौँ ।”
