गोविन्द खड्का
घोराही, ६ पुस । ज्ञापनपत्रको बोरा खोतलेर अर्थमन्त्री कृष्णबहादुर महराले सेवारखोला नया“ वसपार्कमा सिधा नजर लगाए । दाङबाट फर्के लगदै निर्माणाधिन बोरिङलाई मन्त्री महराको पहलमा १६ लाख विनियोजन भएको छ ।
स्थानीयका अनुसार प्रकृयावाट आएमा सहयोग गर्ने आश्वासन दिएका थिए । नभन्दै अर्थ मन्त्रालयको निजी सचिवालयबाट स्विकृत भएको खबर हप्ता दिनभित्रै आयो खानेपानी तथा सरसफाई डिभिजन कार्यालका कर्मचारी निर्माण स्थलमा पुगे । प्राविधिक लगायत सबै काम थाले । त्यस क्षेत्रमा हौसला थपे । अहिले खनेर पाईप गाड्ने काम सकिएको छ । पाईप विस्तारको नापजाप भएको बताइएको छ । पुरै बस्तीमा मुख्य लाईन लैजाने गरी योजना अघि सारेको जनाइएको छ ।
सामान्यत १५ मिटर जमिन मुनी सेवारखोला नयाँ बसपार्क घोराहीमा पानी भेटिन्छ । त्यही सेरो फेरोमा शौचालयका सेफ्टि टंकी बनेका छन् । नल्का र कुवाको पानी खाने त्यहाँका बासिन्दाको बाध्यता छ । पुर्णसरसफाई अभियान निकै चर्कोसँग उठाएका उनीहरुले मलमुत्रको रस खाने गरेको शंका गर्छन् । यद्यपि कुनै निकाएले त्यहा“को पानी जा“च गरेर तथ्य ल्याएको छैन ।
‘बोतलमा दुईदिन पानी राखेपछि गन्हान थाल्छ’ वसपार्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्षिण प्रसाद बुढाले भन्नुभयो, ‘केत्लीमा ततायो भने आधा घण्टापछि पुरै पानी सेतो हुन्छ ।’ यसरी खराव पानी हुनुमा घर घरै बनेका शौचालय पहिलो कारण भएको बुढाले दावी गरे । यो समस्या वर्षाै अघि देखिको हो । समाधान गर्ने उपाए र विकल्प पटक पटक खोजिए ।
एक्लै भएपनि बनाउने आ“टेको टोल विकास संस्थाका अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । फोहर पानीबाट छुट्कारा पाउनका लागि जोखिम मोल्नुपर्ने अबस्था आएको थियो । उत्तीकै चासो राखेका टोलका सल्लाहकार समेत रहेका अध्यक्ष बुढा लगायतले जिम्मेवारी लिए । बुढाकै अध्यक्षतामा उपभोक्ता समिति बनाई योजना थालियो । प्रति व्यक्ति पचास हजारका दरले १८ लाख रुपैया स्थानिय स्तरमै जम्मा भयो । खर्चको लोभ भन्दा दुषित पानीको डर बढी थियो । कुनै बेला सिंगै बस्ति रोगी हुन्छ भन्ने ठानेर ठुलै लगानी गर्न आ“टे । थपिने क्रम चलेकै छ ।
लगानी नपुगेर योजना अधुरो हुने हो कि भन्ने दुविधा अब टरेको छ । शुद्ध पानी वितरण गर्ने बोरिङ बन्ने पक्का भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले प्राविधिक लगायत जिम्मेवारी लिएपछि निश्चित भएको हो । अध्यक्ष बुढाका अनुसार उपाए खोजिरहेको बेला अर्थमन्त्री कृष्णबहादुर महरा दाङ आए । प्रकृयामा गए सहयोग गर्छु भन्ने बचन दिए । टोलको ज्ञापनपत्र मन्त्रि महराले बुझेपछि दिएको आश्वासन् अनुसार हतार हतार डिभिजन कार्यालयमा निवेदन गरियो । डिभिजन प्रमुख चोकप्रसाद धिताल पानी खुवाउन असाध्यै सकारात्मक देखिनुभयो ।
कार्यालयका इञ्जिनियर तिलक न्यौपानेले पुर्णसरसफाईमा सकृय क्षेत्रलाई विशेष ग्राहयता दिने भन्दै उत्साह देखाए । छोटो समयमै १६ लाख रुपैयाको अख्तियारी पत्र कार्यालयमा झ¥यो । ‘आउने भएको छ’ योजनाको जानकारी दिदै ईञ्जिनियर न्यौपानले भने, ‘बिशेष कारण बस बाहेक पैसा आउने निश्चित छ ।’ उनका अनुसार अहिले टंकी बनाउन नसकिए पनि पानी खुवाउन भने रोकिने छैन । ‘डाईरेक्ट भएपनि पानी खुवाने हो’ इञ्जिनियर न्यौपानेले थपे ‘अहिले टंकि बनाउन सकिन्न ।’
यतिबेला बोरिङ खन्नेकाम सकिएको छ । प्रति सेकेन्ड सात आठ लिटर पानी आएको अनुमान छ । त्यहाँ खटिएका प्राविधिक गजेन्द्र बहकरीका अनुसार दुइतिन दिनमा सबै कुरा प्रष्ट हुन्छ । कम्तीमा दुईसय ५० धारा वितरण हुने अनुमान छ । व्यवस्थित पानी वितरण गर्न डेढ करोड लाग्ने अनुमान गरिएको छ । अध्यक्ष बुढाका अनुसार अहिले ५०÷६० लाखले सामान्य कामचलाउ धारा वितरण गर्न सकिने देखिएको छ ।
