कुशुम विक

२०७२ साल भदौ महिनामा थरुहटको माग गर्दै आन्दोलन चर्किरहेको बेलामा कैलालीको टिकापुरमा अञ्चल प्रहरी प्रमुख सहित ८ जना सुरक्षाकर्मि र एक जना नावालकको समेत ज्यान जाने गरी भएको हिसात्मक घटनाका मुख्य योजनाकारहरु मध्ये एक मानिएका लक्ष्मण थारुले कैलालीको धनगढि कारागारबाटै आफुले पार्टि परित्याग गरेको घोषणा गर्दा उनको अनुहारमा राजनितिबाट दिकदार लागेको प्रष्ट झल्किन्थ्यो ।
कैलालीको टिकापुर हत्या कान्डका योजनाकार मध्येका एक मानिएका विजयकुमार गच्छदारको नेत्रृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले जेल बाटै पार्टि परित्यागको घोषणा गरेका छन ।

laxman-tharuकुनै समय माओवादिमा राम्रो पटक वनाएका उनि पछिल्लो पटक अवसर वादिको रुपमा पनि चिनिदै आएको थिए । प्रखर वक्ताको रुपमा समेत चिनिएका थारु विजयकुमार गच्छेदारको पार्टिमा प्रबेश गरी थरुहटको माग गर्दे आन्दोलनमा होमिएका थिए । सुदुरपश्चिम क्षेत्रमा पछिल्लो पटक सदभावना पार्टिका वरिष्ठ उपाध्यक्ष भएका रेशम चौधरी र लक्ष्मण थारुले अलग अलग पार्टिबाट थरुहट प्रदेशको माग गर्दै आन्दोलनलाइ अगाडि बढाइरहेका थिए ।

तर कैलालीको टिकापुर हत्याकान्ड पछि रेशम चौधरी फरार भएका छन भने , प्रहरीका अनुसार टिकापुर हत्या कान्ड मच्चायर बर्दियाको गुलरियामा आएर थारुहरु आफनो पहिचान खोजेको भन्दै भाषण गर्न समेत भ्याएका लक्ष्मण थारु २०७२ साल भदौ २२ गते भैरहवा बाट पक्राउ परेका थिए । पक्राउ परे लगत्ते उनलाइ कैलाली लगीएको थियो । जेलमै रहदा लक्ष्मण थारु विरामी समेत भएका थिए । उनलाइ उपचारको लागी काठमान्डौमा केहि साता राखेर फेरी कैलालीमै ल्यायर राखिएको थियो । लक्ष्मण थारु विगत १६ महिना देखि धनगढि कारागारमा रहेका छन ।

माओवादिले त उनको नाम समेत सुन्न रुचाउदै , नेकपा एमालेले त झन कुरै गर्न मान्दैन , काग्रेसको आश्वासन मात्र हो , यति भैसकेपछि उनले आश गरेको पार्टि भनेको मधेशी जन अधिकार फोरम लोकतान्त्रिक हो जसको अध्यक्ष विजयकुमार गच्छदार हुन ।

टिकापुर हत्या कान्ड पछि त्यो विषयमा निस्पक्ष छानविन हुनु पर्छ र दोषिलाइ कार्वाहि गर्नु पर्ने र निर्दोषलाइ रिहा गर्नु पर्छ भन्ने वाहेक केहि बोलेनन गच्छदारले ,यस विषयमा पार्टिले खुलेर नवोल्दा , आफुहरुको अवस्था के कस्तो छ भन्न सामान्य सोधपुछ समेत नहुदा , सत्तामा जानको लागी वार्गेनिङ गर्नु बाहेक अरु कुनै काम नभएको भन्दै अव थरुहट प्रदेश मधेसी दलबाट समन्वय गरेर पाइन नसक्ने अवस्था र आफुहरुको मागलाइ गम्भिरतापुर्वक नलिएको भन्दै आफुले पार्टि परित्याग गरी अव स्वतन्त्ररुपमा जिवयापन गर्ने बताएका छन ।

थारुले जेल भित्रैबाट निकालेको विज्ञप्तीमा आफु जेलमा रहेपनि शान्तिपुर्ण थरुहट आन्दोलनले सफलता पाउनेमा कुनै दुइ मत नरहेको बताएका छन । अहिले कारागारमा आफु सगै अन्य २२ जना पनि टिकापुर हत्या कान्डका दोषि भन्दै राखेको उनको भनाइ छ । उनले निकालेको विज्ञप्तीमा सम्मानित अदालतले न्याय दिनेमा आफु आशावादि भएको पनि बताएका छन ।

जातिय धार्मिक आस्थाका आधारमा दलहरु राजनिति गरीरहेका कारण देश विकासले सोचे अनुसारको फडको मार्न नसकेको उनको तर्क छ । आफुहरु शान्तिपुर्ण रुपमा हक अधिकार माग्न चाहेको त्यसको सुनुवाइ सरकारले किन गरेन बुझन सकिरहेका छैनन लक्ष्मण थारु ।

विजय कुमार गच्छदारले तराइका थारुहरुको पार्टि भनेर तराइका पुर्वि र पश्चिमका थारुहरुलाइ पार्टि वलियो बनाउनका लागी थरुहट प्रदेशको मागका विषयमा आफु पनि सहमत भएको भन्दै सोझा साझा थारु समुदायलाइ फकाएकै हुन । हरेक स्थान क्ष्ँेत्र बाट दविएका , हेपिएका इमान्दार थारुहरुलाइ गच्छदारले अप्ठेरो मोडमा ल्यायर एक्लै छोडिदिएका कारण नै लक्ष्मण थारुलाइ राजनितिबाट तिक्तका जाग्दै गएको थियो । थरुहट प्रदेशको माग गर्दै लामो समय सम्म कारागारमा जिवन विताइरहेका लक्ष्मण थारु जेल भित्रै राजनितिक बाटो मोडने पक्ष्ँमा देखिदैनन । उनको राजिनामाले गच्छदारको पार्टिलाइ धक्का त लागेको छ तर त्यहि कैलाली बाट प्रत्यक्ष चुनाव जितेका जनक थारु भए आफुले थारुको नेत्रृत् व गर्न सक्ने गच्छेदारको योजना जिवितै छ ।