महेन्द्रनाथ योगी

पुस- बाजुरा जुकोट गाबिसको सबै भन्दा अग्लो भुभाग लेक जोरु भन्ने ठाउमा गाबिसका वडा नं. ७, ८ र ९ का अधिकांश घरधुरीहरु जुकोटको जोरु बस्तीमा बसोबास गर्दछन । लगभग ५५ घरधुरी रहेको उक्त बस्तीमा बिपन्न वर्गका वाहुन,क्षेत्री र दलित समुदायका मानिसहरुले कोदोेबास गर्दै आएका छन् । यो बस्तीमा धान, कोदोका साथै स्याउका बगैचाहरुमा प्रशस्त स्याउ उत्पादन हुन्छ जुन उत्पादनले बजार पाएको छैन । जुकोट गाबिस खुल्ला दिसामुक्त गाबिस घोषणा भएपनि उक्त बस्तीमा त्यसको असर अत्यन्त न्यन रहेको थियो ।

eeeeeeeeeeसामुदायिक बिकास कार्यक्रमले जोरु बस्तीमा हिमाली नागरिक सचेतना केन्द्र गठन गरि रिफ्लेक्ट कक्षा संचालन गरेपछि त्यस बस्तीका लगभग ३० घरधुरीका महिलाहरु नागरिक सचेतना केन्द्रमा आवद्ध भएका छन् । त्यहाका महिलाहरु संगठित भई हप्ताको एक पटक नागरिक सचेतना केनद्रमा समाजमा बिद्यमान रुढीवादी, कुरिती, कुसंस्कार,अन्धबिश्वास,सरसफाई वालबिवाह, वहुविवाह, व्यक्तिगत घटना, महिला हिंसा, मानव अधिकार, वाल अधिकार र महिला अधिकार जस्ता महत्वपुर्ण सवालहरुमा बैठकमा छलफल गर्न थालियो । पहिले चर्पिको उचित प्रयोग समेत नभएको उक्त बस्तीमा जताततै फोहोर देखिन्थ्यो भने कतिपय घरधुरीहरुमा चर्पि पनि नभएको अवस्था थियो ।

हाल नागरिक सचेतना केन्द्रका महिलाहरुले सचेतना केन्द्र मार्फत सरसफाई अभियान संचालन गरेपछि उक्त बस्तीमा चर्पिको नियमित प्रयोग भई घर आगन र बाटोघाटो सफा देखिन्छन् । बिपन्न परिवारका चर्पि नभएका ३ वटा घरमा महिलाहरुले चर्पि निर्माण गरि प्रयोग गर्न थालेका छन् । यसका साथै प्रत्येक घरमा फोहोर फाल्ने खाडल, भनडा सुकाउने चाङ र घरपिच्छे जुठ्यान समेत निर्माण गरेका छन् । चर्पि गएपछि वा अन्य फोहोर बस्तु छोएपछि खाना खानु अघि र पछि साबुन पानीले हात धुने बानीको बिकास भएकाृे छ । साथै बालबालिकाहरुलाई चर्पिमा मात्र दिसा गराउने सरसफाइमा समेत सुधार आएको छ ।

स्थानिय वासीका अनुसार, पहिले पहिले उक्त बस्तीमा झाडा पखाला र आउमासी जस्ता रोगहरुले बालबालिका तथा अन्य मानिसहरुले पटक पटक समस्या भोग्दै आएको र औषधि उपचारमा धेरै पैसा खर्च हुन्थ्यो । अहिले आएर त्यस्ता रोगहरुमा निकै कमी आएको छ र उपचारमा खर्च हुने पैसाको पनि बचत भएको छ ।

पहिले गाउघरमा फोहोर र दुर्गन्ध धेरै हुने र हाल आएर गाउघर स्वच्छ तथा सरसफाई अनि रोगहरुमा पनि कमी आएको कुरा बताउछिन् हिमाली नागरिक सचेतना केन्द्रका महिलाहरु । ती महिलाहरुले सामुदायिक बिकास कार्यक्रमले उक्त बस्तीमा छुटेका घरधुरीहरुलाई समेटेर थप नागरिक सचेतना केन्द्रको गठनका लागि माग गरेका छन् ।