काठमाडौं, ५ पुस । गत वर्षको बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् ।

punanirman-pradhikaranआज उनीहरुले शहरी विकास मन्त्रालयमा सामुहिक राजीनामा पत्र बुझाएका हुन् ।
मन्त्रालयका अनुसार पुनर्निर्माणका लागि १४ जिल्लामा २५ सय भन्दा बढी इन्जिनियर, सब इन्जिनियर र ओभससियर खटिएका थिए तर, कतिले राजीनामा दिएको यकीन हुन नसकेको जनाएको छ ।

सरकारले प्रतिवद्धता अनुसार सुविधा नबढाएको भन्दै इन्जिनियरहरुले दुईै सातादेखि काम ठप्प पार्दै आएका थिए । इन्जिनियरले दुर्गम भत्ता दिनुपर्ने, सुरक्षा प्रत्याभूति हुनु पर्ने पीडितको कामका सिलसिलामा देखिएका समस्याको सुनुवाई गर्न सरकारले असहयोग गरेको बताउँदै आएका थिए ।