दाङ, ५ पुस । जनता विद्यापीठ बिजौरी दाङको ६४ औं वार्षिकोत्सव मनाइएको छ । आज क्याम्पसमा विशेष समारोहको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
विद्यापीठका प्राचार्य सह प्रा. माधव अधिकारीको अध्यक्षता, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य र सांसद बुद्धिराम भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपकुलपति कोइरालाले विश्वविद्यालयको उन्नतिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालय विभिन्न प्रतिकूल परिस्थितिका बीचबाट अगाडि बढिरहेको उल्लेख गर्दै नेपालको शिक्षा क्षेत्रमा यसको आफ्नै महत्व रहेको बताए ।

सो अवसरमा सांसद बुद्धिराम भण्डारी, सेवा आयोगका अध्यक्ष प्रा.डा. वेणिमाधव ढकाल, सेवा आयोगका सदस्य प्रा. श्रीधर मज्गैंया, आयुर्वेद अध्ययन संस्थानका डीन डा. सञ्जय पोख्रेल, पुरस्कार संस्थापक युवराज शर्मा, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अध्ययन संस्थानका मेसु डा. ठाकुरप्रसाद दुवाडी, आयुर्वेद केन्द्रीय विद्यापीठका प्राचार्य प्रा. डा. श्याममणि अधिकारी, परीक्षा नियन्त्रक डा. धनेश्वर पौडेल, शिक्षाध्यक्ष प्रा. रमेशप्रसाद ढकाल, नेसंवि कर्मचारी संघका केन्द्रीय सचिव नवीनकुमार पोख्रेल, नेसंवि प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष अनोजकुमार खत्री, नेसंवि कर्मचारी संघ जनता विद्यापीठ इकाइका अध्यक्ष मदनबहादुर डिसी, नेसंवि प्राध्यापक संघ जनता विद्यापीठ इकाइका कावा सभापति शिवप्रसाद न्यौपाने, स्ववियूका कावा सभापति विष्णु चौधरी, नेविसंघका क्षितिज सापकोटा, अनेरास्ववियूका मनोज महतरा, अखिल क्रान्तिकारीका तीर्थराज अधिकारीलगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।