इन्द्रेणी संवाददाता
घोराही, २ पुस । दाङको घोराहीमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा स्कुले बालबालिकाहरुलाई महोत्सव स्थलसम्म आउनबाट वञ्चित नगराइदिन महोत्सव मूल आयोजक समितिले राजनीतिक दलहरुसँग अनुरोध गरेको छ ।

dscn0850महोत्सवको समयमा कुनै पनि बन्द हड्ताल नगर्ने राजनीतिक दलहरुसँग सहमति भएको स्मरण गराउदै यो शैक्षिक महोत्सव समग्र दाङकै प्रतिष्ठा र गौरवसँग जोडिएकाले महोत्सवमा आउने स्कुले वालवालिकालाई अवरोध गरी महोत्सव आउनबाट वञ्चिन नगराइदिन हुन राजीनिक दल, नागरिक समाज, शिक्षा प्रेमी सबैमाथि महोत्सव मूल आयोजक समितिका संयोजक घनश्याम वराल र प्रचारप्रसार संयोजक सुन्दर गौतमले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।