इन्द्रेणी संवाददाता
दाङ, २ पुस । सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको दोस्रो दिन आज अहिलेसम्मकै सबैभन्दा वढी दर्शकहरुले अलोकन गरे । स्थानीय तथा केन्द्रीय कलाकाहरुको संगितिक प्रस्तुतीले दिनभर महोत्सवमा रौनकता थप्यो ।

dscn0835महोत्सवको दोस्रो दिन केन्द्रीय स्तरका लोक गायिका चन्द्रा अर्याल, भूमिका गिरी, कविता वानियाँ, चन्द्र शर्मा र स्थानीय कलाकारहरु खड्ग शर्मा, देवेन्द्र वस्नेत, याङ्सु श्रेष्ठलगायतका कलाकाहरुले आ–आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

dscn0828विशेष गरी लोक गायिका चन्द्रा अर्याल र भूमिका गिरीको गीतहरुले दर्शकहरुलाई छकछमी नचाएका थिए भने डान्सर कविता वानियाँको नृत्यङगनाले पनि दर्शकहरुको मन जितना सफल भएको थियो ।

dscn0839शनिवार र बन्दले गर्दा आज दर्शकहरु महोत्सवमा खनिएका थिए । संस्कृतिक कार्यक्र मात्रै होइन आज मेलामा पुस्तक किनमेल गर्ने दर्शकहरुको पनि भिड थियो ।

dscn0826महोत्सव सञ्चालनको दिनप्रतिदिन रौनकता महोत्सव मूल आयोजक समितिका संयोजक एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङका अध्यक्ष घनश्याम वरालले बताए । आज दोस्रो दिन हजारौं दर्शकहरुले महोत्सव अवलोकन गरेका थिए । महोत्सव पुस ६ गतेसम्म चल्ने छ ।

dscn0850

dscn0823

फोटोः उदय बीसी/इन्द्रेणी अनलाइन