तुलसीपुर २ पुस । नेकपा एमाले दाङले आज शनिबार र आईतबार आमहडतालको घोषणा गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खडका र सचिव हिराचन्द्र केसीले शुक्रबार एक प्रस बिज्ञप्ति जारी गरी शनिबार र आईतबार आमहडतालको घोषणा गरेका हुन् ।सरकारले संविधान संसोधन प्रस्ताव मार्फत देशलाई विखण्डन तर्फ लैजाना खोजेको भन्दै ५ नंबर प्रदेशमा आमहडतालको घोषणा गरेको छ ।
जनचाहाना विपरीत प्रदेश नंबर पाँचलाई टुक्रयाई भारतीय नागरीकको बाहुल्यता रहेको प्रदेश वनाउन खोजेको , हिन्दी भाषालाई कामकाजी भाषा वनाउन खोजेको भन्दै एमालेले प्रदेश नंबर पाँचमा तीन दिन आम हडतालको घोषणा गरेको बिज्ञप्तिमा उल्लेख छ ।
पुुस १ गते भने एमालेले दाङमा कुनै पनि बिरोधका कार्यक्रम गरेको थिएन् । घोराहीमा जारी शैक्षिक महोत्सबलाई मध्यनजर गरी पुस १ गते कुनै बिरोधका कार्यक्रम नगरे पनि शनिबार र आईतबार भने आमहड्ताल गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।