इन्द्रेणी संवाददाता
दाङ, २ पुस । संविधान संसोधन मार्फत पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा नेकपा एमालेले आह््वान गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

dscn0646आज विहानैदेखि जिल्लाका विभिन्न क्षेत्रमा सवारीका साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था, बजार, कलकारखाना ठप्प छन् ।

एमाले दाङले आज र भोलिका लागि पाँच नम्बर प्रदेशमा आमहड्ताल आह्वान गरेको छ । बन्दका कारण सवारीका साधन नचल्दा सर्वसाधारणहरु पैदल हिडना वाध्य भएका छन् ।