घोराही, २ पुस । नेपाल पत्रकार महासंघ दाङले यही पुस ४ गते २४ औँ स्थापना दिबस मनाउने भएको छ । दिवसका अबसरमा ६ जना क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने समेत महासंघले निर्णय गरेको छ ।
आज घोराहीमा बसेको महासंघको कार्य समिति सहित पुरस्कार मापदण्ड निर्धारण तथा प्रतिभा छनोट समितिको संयुक्त बैठकले जिल्लाका क्रियाशिल ६ जना पत्रकारहरुलाई बिभिन्न पुरस्कारहरु प्रदान गर्ने निर्णय गरेको हो ।
जस अन्तरगत यज्ञबहादुर बुढाथोकी स्मृती पत्रकारीता पुरस्कार हाईवे एफएमका पत्रकार केपि घिमिरेलाई, जितेन्द्रबहादुर शाह स्मृती पत्रकारीता पुरस्कार आर्थिक अभियानका पाण्डब शर्मालाई र ओमप्रकास अधिकारी स्मृती पत्रकारीता पुरस्कार रेडियो स्वर्गद्धारीका सुलोचना गौतम पोख्रेललाई दिने निर्णय भएको छ ।
साथै बैठकले यसबर्षको बर्ष उत्कृष्ठ पत्रकारीता पुरस्कार रेडियो मध्यपश्चिमका प्रेमबहादुर राम्जालाई, महिला सृजनशिल पत्रकारीता पुरस्कार रेडियो प्रकृतीका दिप्तीशिखा चौधरीलाई र विषेश प्रोत्साहन पत्रकारीता पुरस्कार राप्ती समाचारका दिपक बोहरालाई प्रदान गर्ने निर्णय भएको महासंघका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभएको छ । बैठकमा कार्यसमिति, केन्द्रिय सदस्य र पूर्ब अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
