भरतराज शर्मा / तुलसीपुर २ पुस । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले वजारका विभिन्न क्षेत्रमा सुचना वोर्ड राखेको छ । प्रत्यक वर्ष वढ्दै गईरहेको सवारी दुर्घटना न्युनिकरणका लागि घोराही–तुलसीपुर सडक खण्डको पर्सेनी, मदन नगर, राप्ती राजमार्गको एयरपोर्ट, बाहिनी चोक, बसपार्कको पिपल वोट, वसपार्कक्षेत्र पिपल वोट, तुलसी वोर्डिङ चोकमा सुचना वोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरीक्षक देववहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार वजार क्षेत्रमा भित्रने सवारी साधनका लागि गति सिमितिको संकेत राखिएको छ भने वाहिरिने सवारी साधनका लागि दुर्घटना ग्रस्त क्षेत्र उल्लेख गरिएका बोर्ड राखिएको छ । त्यस्तै तुलसीपुरको वाहिनी चोकमा ‘नो’ पार्किङको सुचना वोर्ड राखिएको ट्राफिक प्रहरीकार्यालय तुलसीपुरले जानकारी दिएको छ । बोर्डमा टाँगिएको सुचनाका आधारमा सवारीका साधन सञ्चालन गर्न ट्राफिकले चालकहरुलाई आग्रह समेत गरेको छ ।
तुलसीपुर नगरपालिकाको आर्थिक सहयोगमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले वजारका विभिन्न स्थानमा सुचना वोर्ड राखेको हो ।ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सवारी दुर्घटना न्युनिकरणकालागि अव लगतै विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रहरी नायव निरीक्षक क्षेत्रीले वताए ।