कुशुम विक
बर्दिया । सामुहिक वलात्कारको आरोपमा पक्राउ परेका लाइ बर्दिया प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहराका अनुसार मसीर १७ गते विहान मर्निङवार्कमा गएकी एक १९ वर्षिय “सृजना ओली (नाम परिवर्तन) लाइ विहान ६ वजेको समयमा प्रदिप थापाले पछाडिबाट समाति जमिनमा लडाइ पालैपालो सामुहिक बलात्कार गरेको जानकारी दिनु भयो ।
अनुसन्धानको क्रममा घटना भए को केहि समयमै पारसकुमार गुप्ता र राजेश भनिने अविषेक वैगार लाइ पक्राउ गरिएतापनि प्रदिप थापा भने फरार भएका थिए । प्रदिप थापालाइ चितवनको चित्रवन नगरपालिका वार्ड न २ सारदानगर स्थित आफन्तको घरमा लुकिछिपि वसेको अवस्थामा हिजो पक्राउ गरिएको प्रहरी उपरिक्षक भरतबहादुर बोहराले बताउनु भयो ।
पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका वार्ड न ७ का १९ वर्षिय पारसकुमार गुप्ता , वार्ड न ९ का १७ वर्षिय राजेश भनिने अविषेक वैगार र वार्ड न ६ का २१ वर्षिय प्रदिप थापा छन ।