गोविन्द खड्का
घोराही । सबैतिर बाट छिटो बन्द गराउन दबाब आयो । टोल विकास संस्थाले निर्माण कम्पनीलाई भनेर बसपार्कका सोलार बत्ति बन्द गरायो । सोलार बत्ति नहुदा स्थानिय रमाए । सोलारको झिम्झिम् सहन सकेनन् ।

20161025_153842

रातभरी झमल्ल उज्यालोको रहरले लाखौ लगानि गरेर सोलारको सडक बत्ती हालेका घोराही वसपार्कका वासिन्दा पछुताएका छन् । झिम् झिम् गर्ने बत्तीले उल्टो आखा तिर मिराएर लड्ने खतरा बढेपछि उनिहरुले घाटाभएको महशुस गरे । सोमवार देखि बत्ती बल्न छोडेकाछन् ।

‘थोकैले जिप्टएर मरे’ घोराही १० सेवार खोला वसपार्क टोल विकास संस्थाका हर्क बहादुर वलीलले भन्नुभयो, ‘सेतो र पहेलो फेरीई फेरीई आउने लाईटले आखा तिरमिराईदियो । रिंगटा लाग्ने बनायो ।’ विहान पा“च बजे बसपार्क निश्कने टोलका सरसफाइ निरीक्षक समेत रहेका वलिले धेरैले बत्तिले दुःख पाएको बताउनुभयो । ‘स्वयं म ढले हजुर’ वलिले थप्नुभयो, ‘झ्याप्प झ्याप्प पार्छ ।’ विहान बस भेटाउन वसपार्क आएका धेरै यात्रुले गालि गरेको सुनाउनुभयो । उनिहरु कोहि ढल्ने, कोहि हातले लाईट छेकेर कतै बसमा ठोक्किन्छ कि भनेर त्रसित हुने अबस्था ल्यायो ।

यसो त काउन्टरमा टिकट काट्ने काम समेत सोलारले प्रभाव पारेको बताईएको छ । लाईटको खराबीले टिकटमा लेख्न नसक्ने गरी आ“खा तिरमिराएपछि चा“डै सोलार बन्द गर्न कर्मचारीले टोलविकास संस्थालाई आग्रह गरेका थिए । उनिहरुले झ्याल बन्द गरेर भित्र वत्ति बालेर टिकट काट्ने अबस्था सिर्जना भएको थियो । ‘हिउदोको पावर कम भएर हो कि धुलोले समस्या ल्यायो’ टोल विकास संस्थाका लक्षिण प्रसाद बुढाले भन्नुभयो, ‘यत्रो लगानि यति चा“डै खेर गयो ।’ उहाहरुका अनुसार आज भोलि राति बत्ती बल्दैन । पा“च बर्ष अबधि भनेको सोलार केहि महिनामै बन्द भयो । बादल नलाग्दा, ढुसि नदेखिदा पनि सोलारले समस्या ल्यायो ।

लाईन काट्न पनि पटक पटक अनुरोध गर्नुपरेको टोल विकास संस्थाका संयोजक शक्तिराम डागिले बताउनुभयो । यति चाडै विग्रीयो भन्नेमा सोलारको डिलरले पनि विश्वास गरेन । ‘सिष्टता पच्ने रहेनछ । निर्देशन सम्झिनुस् । आज गएर लाईन काट्नुस भने’ संयाजक डागिले भन्नुभयो, ‘त्यसपछि मात्रै काटेका हुन् ।’ उहाका अनुसार झण्डै तिनलाख लगानी गरेर तिन वटा बत्ती बसपार्कमा बालेका छन् । यति चा“डै खराव भएकाले लगानि फिर्ता माग्ने आवाज उठेको छ ।