जनक नेपाली
दाङ । शीतले लुथ्रुक्क भिजेकी लिली हात खुट्टा चिसो काफ्दै थिए । ठाउँ –ठाउँमा प्वाल परेको चोली र थोत्रो धोतीमा बेरिएकी मानपुर ७ वनकट्टाकी लिली सार्की माथि रातभरको चिसो र हुस्सु शरिर भरिनै थियो । टहरो मुनी बस्दै आएकी लिली संग लगाउनलाई होस् या ओड्नलाई कुनै न्याना कपडा छैनन् । घर भित्र हेर्दा चामलको बोरा , नुन तेल, राख्ने भाडाहरु सबै रित्ता थिए ।

15493941_1855381458071178_1622779039_n-1

चौवाखोलाको डिलमा बस्दै आएकी बृद्ध खान समेत नपाएर भोक भोकै बस्नु पर्ने अबस्था रहेको रहेको छ । ७० बर्षीय लिली सार्कीसंग यतिबेला न रातमा ओतलाग्ने छाप्रो छ न खानलाई मानो नै छ दिनरात भोकै भोकै बस्न बाध्य बनेको स्थानिय खलबहादुर नेपालीले वताउनुभयो । भत्किएको छाप्रोमा बस्दै आएकी उहाँ निकै कष्टपूर्ण अबस्थामा हुनुहन्ुछ ।

‘सम्पतिको नाममा टहरो मात्र छ लिलीले भन्नुभयो – यसैमा बस्दै आएको छु बासको सिटाले अड्याएको बुकुरोका भित्ता भत्किएका छन् । छानाको नाममा खरका दुईचार वटा मुठा प्लास्टिक छाताका टुक्राटाक्रीले छानोको बनाएकी छिन ती बृद्धाले । ओछ्यान के भन्नु ? थोत्राथोत्री लत्ताकपडाले टालेका थाङ्ना मात्र छन् उहाँले भन्नुभयो ।

15555091_1855382241404433_1822355490_nतीन छोरीकी आमा लिली कहिले काही माईत आउँने छोरी ज्वाई पनि रक्सी खाएर उल्टै घरबाट निकल्ने गरेको वताउनु हुन्छ । मैलो शरिर, मयलले कटकटिएका पुराना कपडाले लाज ढाकेकी लिली श्रीमानको मृत्यु भएसंगै दुःख पाउँदै आएको वताउनुभयो । ‘फेर्ने कपडा छैन, सुत्नलाई ओछ्यान छैन । अरु त के खानलाई अन्नै छैन ।’

फालेका पुराना कपडा, स्याउलाले छोपेको झुप्रोभित्र पुष / माघमा महिनामा शीत र बर्षाको समयमा पानी पसेर ताल पर्ने भएकाले जोरजुम गरेको ओछ्यान पनि भिज्ने उहाँको भनाई छ । ‘खानलाई चामल, नून तेल क्यै छैन, मागेर कसैले दिदैन, लिलीले भन्ुभयो । ‘भोकभोकै बस्ने बानी पर्न लागे अब ।’ पहिले माग्न गएपछि गाउँलेहरुले अलि–अलि सहयोग गरे पनि आजभोलि कसैले केही नदिने गरेको उहाँको दुखेसो छ ।

15591811_1855382211404436_93575267_n-1ढुङ्गा राखेर बनाएको उहाँको चुलो कहिलेकाँही मात्र बल्ने गर्छ । ‘कसैले दया गरेर चामल र पीठो ल्याइदिए मात्र खाना पाक्ने गर्छ, लिलीले गहभरि आँसु पार्दै भन्नुभयो, ‘काम गर्न सक्ने अवस्था छैन, माग्न जाँदा छोराछोरी होलान् त भन्दै रित्तो हात फर्काइदिन्छन् ।’ गाउँतिर गएर माग्नुभन्दा भोक भोकै बस्छु उहाँले भन्नुभयो । आफुलाई देख्दा गाउँका केटाकेटीसमेत भाग्ने गर्छन् भने कतिपय गाउँलेहरुले बाहिरबाट आएका मान्छेहरुसँग यी बृद्ध बहुला भएकोसमेत भन्दा रहेछन् उहाँले दुखेसो पोख्नुभयो ।

गरिबीले आक्रान्त ती बृद्ध रुँदै आफूहरु बाचुञ्जेल सजिलरी बाँच्ने गरी सहयोग गरिदिन आग्रह गरे । ‘साँझ–बिहानको छाक टार्ने केही छैन, लिलीले हात जोड्दै भन्नुभयो, ‘मान्छेको जुनी बाँच्न सकिएन । चौवाखोलाको छेऊमा यी वृद्ध दम्पतीको यो विजोग भएको ५० औ बर्ष वर्ष पुगिसकेछ तर अहिलेसम्म उनीहरुको पीडा बुझ्ने चेष्टा कसैले गरेको छैन । वृद्धाश्रम चलाउनेहरु, धर्मशाला खोल्नेहरु दलितका नाममा संघ संस्था चलाउँनेहरु अनि अलिकति मन र धन हुनेहरुले उनीहरुको उद्दार गरिदिए यी बृद्धको जीवनका अन्तिम दिनहरु केही सहज बन्थे कि ?