नेपाल पर्यटन पत्रकार संघ सल्यानको प्रथम जिल्ला अधिवेशन बिहीबार सल्यान सदरमुकाम खंलगामा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्विरोध निर्वाचित गर्दै पत्रकार डिल्लीराज रावतको अध्यक्षतामा १३ सदस्य जिल्ला शाखा गठन भएको छ । शाखा उपाध्यक्षमा कृष्ण वली, हिमाल उपाध्याय सचिव, अस्मिता गिरी सहसचिव, कोषाध्यक्ष शिबा डाँगी, सदस्यहरु नोखिराम थापा विक, अनिल भण्डारी, तेजकिरण वली, धु्रव वली, सरिता चलाउने, मेघा रेउले, भरत शर्मा वली र बुद्धिमान पुन रहनु भएको छ ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)को प्रमुख आतिथ्यता तथा बिशिष्टि अतिथि प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, अतिथि स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रमेश गौतम, नेकपा माओवादी सल्यान सेक्रेटरी डिल्लीराज शर्मा विश्व लगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
