काठमाडौं । प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापा शेयरका धनी देखिएका छन् । उनले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गरेका छन् ।

gagan-thapa-3

नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उनको सम्पत्ति विवरणमा लेखेका छन् । श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । गगनले श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको उल्लेख गरेका छन् ।

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नामा रहेका छन् ।