काठमाडौं, २९ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माण कार्य चाँडै थालिने बताएका छन् ।

8a1ae3199449a8dc0d80da2b1e959260दोधारा चादँनीस्थित दुईवटा स्थानीय खोलामा पुल निर्माणको आज शिलान्यास गर्दै उनले सुख्खाबन्दरगाह निर्माणसंगै दोधारा चादँनीलगायत प्रदेश नं। ७ को आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री लेखकले सुख्खा बन्दगाहसँगै महाकाली नदीमा चारलेनको पक्की पुल निर्माण कार्य पनि चाँडै हुने बताएका छन् ।

यसैगरी मन्त्री लेखकले चादँनीस्थित भानु बहुमुखी क्याम्पसमा आयोजना भएको महायज्ञको आज उद्घाटन गर्दै यस क्षेत्रको विकासका लागि सडक, पुललगायत संरचना निर्माणमा आफूले प्राथमिकताका साथ कार्य गरिरहेको बताए । रासस