काठमाडौं, २७ मंसिर । सरकारले उत्तरी छिमेकी चीनसँग जोड्ने चार वटा महत्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने जनाएको छ । गल्छी रसुवागढी, सीमिकोट हिल्सा, जोमसोम कोरला र खाँदवारी किमाथांका सडकलाई दुई वर्षभित्र निर्माण गरी नेपाललाई चीनसँग जोड्ने सरकारले बताएको छ ।

four-lane-roadयी सडकको यसै लक्ष्यका साथ काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिएका छन् ।
गत वर्षको भारतीय नाकाबन्दीको पाठले नेपाललाई चीनसँग जोड्नैपर्ने बाध्यता बनाएको हो ।

राजनीतिक नेतृत्वले विगतको आवश्यकता र भोलीको सम्भावना नभुले चाँडै चीसँग सडक सञ्जाल पुग्ने कार्कीले बताए । यी सडक नयाँ सडक हुन् ।