भरतराज शर्मा, तुलसीपुर २७ मंसिर । नेपाल विधुत प्राधिकरण तुलसीपुरले विधुत चुहावट नियन्त्रणको अभियानलाई तीव्र रुपमा अगाडि बढाउन थालेको छ । उसले केही दिनको अन्तरालमै विभिन्न क्षेत्रमा अबैध रुपमा विद्युत हुकिन गर्ने एकसय वढीलाई कारवाही गरिसेकेका छ । पछिल्लो समय कार्यालयका कर्मचारी बढी विधुत चुहावट र चोरीहुँदै आएका स्थानाको पहिचना गरि कारवाहीमा लागेको हो ।
कार्यालय स्रोतका अनुसार सबैभन्दा धेरै विधुत चोरी स्थान फूलवारी गाविस हो । त्यसपछि गोलटाकुरी, पञ्चकुले र पुरन्धारा बढी विधुत चोरी हुने स्थानहरु हुन । उल्लेखित स्थानहरुबाट एक सय जना विधुत चोरहरुलाई कार्यालयले कारवाही गरेको मात्रै छैन , विधुत चोर्नेहरुको घर भित्र उपलब्ध प्राय सबै जसो बिधुत उपकरणहरु समेत जफत गरेको प्राधिकरणका निमित्त कार्यालय प्रमुख आदित्य मिस्रले जानकारी दिए । विधुत लोडसेडिङ अन्त्यका लागि प्राधिकरणले ग्रामिण ईलाकामा हुकिङ गरि अबैध रुपमा विधुत चोरीको अन्त्य गर्न यो अभियान सञ्चालन गरेको हो । चोरी र चुहावट पूर्ण रुपमा नियन्त्रणमा लिन सकेमा विधुत डिम हुने देखि लोडसेडिङको समय तालिका घटाउन समेत सहयोग पुग्ने मिस्रले बताए ।
पिकआवरमा उद्योग सञ्चालन भए नभएको अनुगमनमा गएका कर्मचारीले विगत केही दिन भित्रै एकसय भन्दा बढी परिवारले हुक मार्फत प्रयोग गरेको पाइएको र ती सामान वरामद भएको प्राधिकरणका निमित्त कार्यालय प्रमुख आदित्य मिस्रले वताए । ‘नो लोडसेडिङ’ अभियान संगै विधुत प्राधिकरण तुलसीपुरले आफ्नो सेवा क्षेत्रमा हुक गरि विधुत चोरी गर्दै आएकाहरुलाई कारवाही गरेको हो । उनीहरुलाई कारवाही गर्दा प्राधिकरणले पाँच वटा पानी तान्ने मोटर, सर्भिस तार, वल्व लगाएत अन्य विद्युत्त उपकरण समेत वरामद गरेको प्राधिकरण तुलसीपुरका निमित्त कार्यालय प्रमुख मिस्रले बताए ।
जफत गरिएका उपकरणले कति सम्म विद्युत्त खपत गर्छ त्यसको आँकलन गरी विद्युत्त खपत युनिटमा परिणत गरेर जरिवाना गरीने विद्युत्त प्राधिकरण शाखा तुलसीपुरका निमित्त कार्यालय प्रमुख मिस्रले वताए । तर त्यस क्षेत्रका सेवाग्राहीले भने विद्युत्त जडानका लागि निवेदन दिएको वर्षौ वितिसक्दा समेत कार्यालयले मिटर बक्सको अभाव देखाउँदै विद्युत जडानमा आलटाल गरेकाले वाध्य भएर हुक गर्नुको विकल्प नरहेको बताए ।
यो सवालमा विद्युत प्राधिकरणका निमित्त कार्यालय प्रमुख आदित्य मिस त्यो स्वीकार्न तयार छैनन् । उनले भने ‘ एक गल्तिको निर्णय अर्कौ गल्तिवाट गर्नु सरासर गलत हो ।’ उनले जटिल अवस्था आए प्रहरीको सहयोग लिएर भएपनि विधुत चोरीको उन्मुलन गर्न प्राधिकरण पछि नहटने बताए । विधुत हुक गरेर प्रयोग नगर्न र पिकआवरमा उद्योग सञ्चालन नगर्न प्राधिकरणले सबैमा आग्रह गर्दै आएको छ । अब देखि अनुगमणमा जाँदा साधा पोशकका प्रहरी पनि साथमै लगेर जाने तयारीमा रहेको कार्यालय प्रमुख टंकराज गिरीले बताए ।
यो विषयमा सुरक्षा निकाएसंग छलफल चलिरहेकोले प्रमुख गिरीले जानकारी दिए । उनले भने ‘ चोरीको प्रकृति र अवस्था हेरेर चोरीगर्नेहरुलाई कारवाही हुने छ । अवस्था अनुसार प्रहरीले उनीहरुलाई सार्वजनिक मुद्दा समेत चलाउन सक्ने अवस्था छ ।’ उर्जामन्त्री जनार्दन शर्माको ‘नो लोडसेडिङ’ अवधारणा अन्र्तगत प्राधिकरणले तुलसीपुरमा उद्योगीहरु संग छलपल पनि गरेको थियो । यसैविच ‘नो लोडसेडिङ अभियान’ अन्र्तगत पिक आवरमा उद्योगको समेत छडके अनुगमन सुरु गरिएको प्राधिकरण प्रमुख गिरीले बताए । पिक आवरमा उद्योग सञ्चालन गरेको पाईएमा संझौताअनुसार उद्योगको लाईन काटिने गिरीले बताए ।
पिक आवरमा उद्योग सञ्चालन नगरेमा तुलसीपुर क्षेत्रमा केन्द्रिय प्रशारण लाइनको अवरोध वाहेक आन्तरिक लोडसेडिङ नहुने कार्यालय प्रमुख गिरीले बताए । राप्ती समाचार