घोराही, २७ मंसिर । नयाँ शक्ति पार्टी नेपाल केन्द्रीय सम्पर्क संयन्त्र ५ नम्बर प्रदेश अन्तर्गत दाङ्-काठमाण्डौ सम्पर्क संयन्त्रको बैठक संगठन ५ नम्बर प्रदेश संयोजक गणेश कुँवरको आतिथ्य र सम्पर्क संयन्त्रका संयोजक दीपक पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

15423579_1282200248509978_2055771383_nरिलायन्स कलेज चावहिलमा बसेको सो बैठकले संविधानको विषयमा पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरुको सिमाङ्कनमा हेरफेर गर्न नेतृत्वर्गलाई दबाब दिने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ५ दलीय स्वार्थ भन्दा जनचाहनाअनुरुप संशोधन गर्नुपर्ने निणर्य समेत बैठकले गरेको छ ।

त्यसैगरी काठमाण्डौमा रही विभिन्न पेशा व्यवसाय गर्ने दङ्गाली बन्धुहरुमा आपसी एकता र मित्रता कायम राख्ने उद्देश्यले आगामी पौस २३ गते बनभोज कार्यक्रम आयोजना गर्नै निर्णय गरेको छ ।