
तुलसीपुर २७ मंसिर । वनपैदावावर प्रयोगमा समान्ताको निति अवलम्न गर्न उपभोक्ताहरुले मागरेका छन । तुलसीपुर नगरपालिका वडा नं १० मा रहेको सम्झना सामुदायीक वन उपभोक्ता समुहको २१ औ वार्षिक साधारण सभामा मन्तब्य राख्दै बक्ताहरुले यस्तो माग गरेका हुन् । सामुदायीक वन नागरीकको एक स्वायत्त संस्था भएपनि समुहको नेतृत्वले त्यसको गरीमा तथा महत्वलाई विर्सेर वनपैदावार उपभोगमा वोलवाला र पहुँचवाला लाई मात्र महत्व दिनु गलत भएको उनीहरुको भनाई थियो ।
उनीहरुले प्राकृति सम्पदा उपयोगमा सवै उपभोक्ताहरुको समान अधिकार रहेको बताएका थिए । समुहका अध्यक्ष नरवहादुर वलीको अध्यक्षता एवं अमृतपुर खानेपानी समितिका अध्यक्ष चन्द्रकान्त खरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले समुहको आर्थिक वर्ष ०७२/०७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
समुहका सहसचिव कुमार खडकाको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगरविकास समितिका अध्यक्ष राजन खडका, पुर्ववडाध्यक्ष लिलाधर खरेल , तुलसीपुर ईलाका वन कार्यालयका वन रक्षक कुलवहादुर रेउले, सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमवहादुर राणा , शिक्षक प्रेम सिंह डागीं, पत्रकार भरतराज शर्मा ,समुहका संस्थापक अध्यक्ष कृतीवहादुर खडका , पुर्वअध्यक्ष नोमवहादुर केसी, धर्मशाला सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष विरवहादुर नेपाली, लेखा समिति सदस्य कविराम केसी, उपभोक्ता शान्ता राणा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण सचिव कविता केसीले गरेकी थिइन । नयाँ नेतृत्व चयनका लागि आइतवार पुन आहवान गरिएको छलफलले अझै टुंगो लाग्न नसकेको जनाईएको छ ।











