काठमाडौं, २७ मंसिर । नायिका रेखा थापा नेकपा माओवादी केन्द्र छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आज आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन् ।
उनलाई राप्रपा प्रवेश गराउन लोक गायिका कोमल वलीको ठूलो हात रहेको बताइएको छ । लोक गायिका वली पनि राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभाको दिन राप्रपा प्रवेश गरेकी हुन् ।
उनलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । केही वर्ष पहिले माओवादी प्रवेश गर्दा उनलाई अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर स्वागत गरेका थिए ।
