घोराही २७ मंसिर । सातौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सब २०७३ मुल आयोजक समितिले घोराही कारागारका कैदिबन्दीहरुलाई पुस्तक वितरण गरेको छ । दाङको घोराहीमा यहि मंसिर ३० देखि पौष ६ गते सम्म सञ्चालन हुन थालेको महोत्सबको प्रचारप्रसार तथा सामाजिक दायित्वको रुपमा मुल आयोजक समितिले मानव जीवनका लागि महत्वपुर्ण पुस्तकहरु हस्तान्तरण गरेको हो ।
सिपमुलक, शिक्षा, राजनिति, साहित्य, मनोरञ्जन, कला लगाएत विबिध विधाका पुस्तकहरु वितरण गरीएको प्रचारप्रसार समितिका संयोजक सुन्दर गौतमले जानकारी दिए । समितिले ९ हजार ३ सय २९ रुपैया बराबरको पुस्तकहरु कारागारका जेलर निमानन्द रिजाललाई हस्तान्तरण गरेको हो । समितिका पदाधिकारीहरु आईतबार कारागारमै पुगेर औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तक हस्तान्तरण गरीएको हो ।
महोत्सब मुल आयोजक समितिका संयोजक घनश्याम बरालको अध्यक्षता तथा सल्लाहकार देविप्रसाद गुप्ताको प्रमुख आतिथ्यता र जेलर निमानन्त रिजालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । जेल जीवन पछि आफ्नो व्यवसाय सञ्चालन गर्न, सकारात्मक सोचको विकास गर्न, तथा राजनिती र साहित्यमा रुची राख्नेहरुको लागि पुस्तकहरु हस्तान्तरण गरेको सल्लाहकार देवीप्रसाद गुप्ताले बताए ।
पुस्तकले मान्छेको जीवन परिवर्तन गर्न सक्ने भन्दै जेलमा रहेका कैदिबन्दीहरुको लागि पनि पुस्तकले महत्वपुर्ण भुमिका खेल्ने बताए । यस्तै कारागारका जेलर निमानन्द रिजालले अहिलेको ईन्टरनेटको जमानामा पुस्तकको भुमिका महत्वपुर्ण रहेको भन्दै कारागारका कैदीबन्दीहरुको सकारात्मक सोचको विकास गर्न सहयोग गरेको भन्दै धन्यबाद दिए ।
साथै महोत्सब आयोजक समितिका संयोजक घनश्याम बरालले आफुहरु पुस्तक व्यवसायी भए पछि सामाजिक दायित्व रहेको बोध हुने बताए । घोराहीमा हुन थालेको महोत्सबले मानिसको जीवन परिवर्तन गरोस्, पठन सस्कृतिको विकास होस् र समग्र शिक्षाको विकास होस् भन्ने उदेश्यले नै महोत्सबको आयोजना गरेको बताए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य निर्मल आचार्य, महोत्सब आर्थिक संकलन समितिका संयोजक सन्तोष आचार्य लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण महोत्सबका सञ्चार संयोजक नवीन अभिलाषीले गरेका थिए ।
यसैविच महोत्सब मुल आयोजक समितिले घोराही क्षेत्रका विद्यालयहरु संग शोभायात्रालाई व्यवस्थित गर्ने विषयमा छलफल गरेको छ । महोत्सबको पहिलो दिन मंसिर ३० गते भब्य रुपमा निकालिने शोभायात्रामा सहभागिता र व्यवस्थापनका लागि घोराही क्षेत्रका विद्यालयका प्राधानाध्यापक र प्राचार्यहरुसंग छलफल गरीएको हो ।
शोभायात्रा व्यवस्थापन समितीका संयोजक लालमणी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा विषय प्रबेश प्रचारप्रसार समितिका संयोजक सुन्दर गौतमले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रतिनिधिहरुले महोत्सबमा आफ्नो विद्यालयको प्रतिनिधित्व हुने बताएका थिए । विद्यालय आफ्नो ब्यानर सहित शोभायात्रामा सहभागि हुने उनीहरुले जानकारी गराएका थिए ।