15493959_646142335573697_95436748_n-1

दिपक बोहरा , तुलसीपुर २७ मंसिर ।  सार्बसाधारणले सहजै थाहा पाउन सक्ने गरी सामाजिक लेखा परिक्षण प्रस्तुत गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) को सामाजिक परिक्षण तथा लेखाजोखा कार्यक्रममा मन्तब्य राख्दै बक्ताहरुले यस्तो बतएका हुन् ।

बिभिन्न संघसंस्थाहरुले गर्ने सामाजिक परिक्षण तथा आर्थिक बिवरण सर्बसाधारणले नबुझ्ने गरी आउने गरेकाले उनीहरुले कहाँ कति बजेट खर्च भयो भन्ने पनि राम्रो संग जानकारी नपाउने गरेको उनीहरुको भनाई थियो । भ्रष्टाचार नियणत्रण गर्न हुने सार्बजनीक लेखा परिक्षण सर्बसाधारणले नबुझ्ने गरी प्रस्तुत हुँदा अझै पनि जवाफदेही, पारदर्शी, शुसासन कायम हुन नसकेको बक्ताहरुको भनाई थियो । उनीहरुले योजनाका बारेमा सर्बसाधारणलाई बुझाउन् नसक्ने हो भने त्यसको कुनै औचित्य नहुँने बताएका थिए ।

आर्थिक अनियमिततालाई रोक्न सार्बजनीक लेखा परिक्षण गरिने भएपनि कागजमा एउटा र काम अर्के हुने भन्दै त्यसमा नागरिक सजग हुनुपर्ने उनीहरुको भनाई थियो ।  ‘ सर्बसाधारणले थाहा नपाउने गरी आर्थिक प्रतिबेदन प्रस्तुत हुन्छन्, अनी कसरी उनीहरुले खबरदारी गर्न सक्छन्, उनीहरुले भने ‘ अहिले गरिने सार्बजनीक लेखापरिक्षण सर्बसाधारणको आँखामा छारो हाल्नलाई मात्र हुन् ।’ यस प्रति आम नागरिकले गैरसरकारी संस्था ( एनजिओ ) हरुले गरेका काम र त्यसमा लागेको खर्चका बारेमा जानकारी लिनु पर्ने बताए ।

पछिल्लो समय गैरसरकारी संस्थाहरु प्रति आम नागरिकले हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै यस्मा संबेदनशिल हुन पनि आग्रह गरेका थिए । अर्को तर्फ एनजिओले स्थानिय निकायसंग समन्वय नै नगरी कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै स्थानियहरुले त्यसता एनजिओहरुको कार्यप्रति पनि खबरदारी गर्नु पर्ने उनीहरुको भनाई थियो । ‘स्थानिय स्तरमा कस्ता खालका कार्यक्रम आबश्यक हुन,् त्यो ध्यान दिएर मात्रै एनजिओहरुले कार्यक्रम संचालन गर्नुपर्छ, उनीहरुले भने ‘ तर अहिले आबश्यकता भएका ठाउमा कार्यक्रम नभई, अनाबश्यक ठाउमा कार्यक्रम सञ्चालन भईरहेका छन् ।’

संस्थाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र बहादुर केसीले कुनै पनि संस्थाले आफुले गरेका क्रियाकलापहरुको सरोकारवाला समक्ष जवाफ दिनुपर्नेमा जोड दिए । उनले सामाजिक परिक्षणले आगामी कार्यक्रमहरुलाई प्रभाबकारी बनाउन महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताएका थिए ।

कार्यक्रमका बिशिष्ठ अतिथि गैर सरकारी संस्था (एनजिओ) महासंघका केन्द्रिय सदस्य नबराज लामिछानेले एनजिओ प्रति आम नागरिकहरुले नकारातक सोचाई राख्ने भन्दै त्यसलाई चिर्ण गैर सरकारी संस्था नभई सामाजिक बिकासे संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताए ।  सरकारी निकाय पुग्न नसकेको ठाउमा पुगेर त्यहाँका समस्या समाधान गर्न जिम्मेवारी पाएको एनजिओले आम नागरिकको नकरात्म सोचाईलाई चिर्ण कर्तब्य निष्ठ भएर लाग्नु पर्ने बताए । नबजागरण महिला तथा बाल संरक्षण केन्द्र न्युसिपिसिका अध्यक्ष समेत रहेका लामिछानेले अधिकांस एनजिओहरु राज्यले दिएको कर्तब्यप्रति बफादार नहँुदा सबै एनजिओ प्रतिको दृष्टिकोण नकारात्मक भएको स्वीकारे ।

कार्यक्रममा उपस्थित सहभागीहरुले सीड संस्थाले गरेको कामको प्रसंसा गरेका थिए । सीडको दाङको तुलसीपुर नगरपालिका लगायत फुलवारी, गोल्टाकुरी, हेकुली, धनौरी, पञ्चकुले, पुरन्धारा, बाघमारे, शान्तिनगर,पवननगर, मानपुर र ढिकपुर गाबिसमा कार्यक्षेत्र रहेको छ । ती कार्यक्रमहरु लाभदायी रहेको कार्यक्रममा उपस्थित रहेका त्यहाँका बासिन्दाले बताएका थिए ।

सिडले अहिले अहिले महिला तथा बालबालिकाका लागि लघु उद्यमशिलता तथा आय आर्जन, दीगो कृषिमा ाधारित स्वरोजगार कार्यक्रम र बुटिक तालिम, सार्बजनीक बित्तिय ब्यबस्थापन सुधार कार्यक्रम, गरीब तथा सिमान्तकृत समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धी , महिला शशक्तिकरण र शिक्ष सहयोग कार्यक्रम संचालन गरिरहेको छ । यी कार्यक्रमहरु जहाँ आबश्यकता छ,त्यही सञ्चालन हुनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा धनौरी गाविस सचिव राजेन्द्र कुमार गुप्ता, अवसरमा गोल्टाकुरी गाबिस सचिब ज्ञानबहादुर केसी, आधारभुत विद्यालय बाँकी बेटारपुरका अध्यक्ष यज्ञ बहादुर विष्ट, शिव शक्ति मावि धनौरीका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, अम्विकेश्वरी निमावी अमुवाका अध्यक्ष बासुदेव न्यौपाने, जेष्ठ नागरिक ललित बहादुर वली लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत हरि प्रकाश खनालले वार्षिक कार्य विवरण र लेखा अधिकृत इन्दिरा शर्माले ५४ लाख २७ हजार ३ सय २३ रुपैयाँ बरावरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अधिकृत गद्दुलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार सुधासुमन ढकालले गरेकी थिईन् ।