बाजुरा, २७ मंसिर । बाजुराको बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन् । तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ । पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो ।
जिल्लाको कोटिला स्वास्थ्य चौकीमा स्लाइन सकिएको एक महिना भयो । आइतबार पखालाको उपचारका लागि आएका कोटिला स्वास्थ्य चौकी पुगेका छैटा मियाँलाई इन्चार्ज जसी विकले विनाउपचार फर्काइदिए । कोल्टी पुगेर १ सय ५० रुपैयाँ तिरेर मियाँले सलाइन किनेपछि मात्रै उनको उपचार सम्भव भयो । कोटिला स्वास्थ्य चौकीमा एक महिनादेखि सलाइनसमेत सकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको कथाव्यथा यतिमा मात्रै सकिँदैन । बिरामी बोक्न एउटा स्टे«चरसम्म पनि छैन ।
शनिबार बिहान सुत्केरी भएकी बडिमालिका–१२ की गीतादेवी बढुवाललाई स्टे«चर अभावमै समयमा अस्पताल पु¥याउन सकिएन । ‘दुई दिनसम्म सबै सरलाई स्ट्रेचर मिलाइदेऊ भनेर हारगुहार गरें, स्टेचर छैन भन्छन् । सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ,’ गीताका पति सूर्यबहादुर बढुवाले दुखेसो पोखे । कोटिला–४ की धनसार मियाँको टाउको दुखेपछि श्रीमान्को सहायताले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि आएकी छन् । राजधानीमा खवर छ । तर, चौकीमा औषधि नै भेटिएन । बल्ल छिमेकी गाविसको बजारमा औषधि भेटियो । उनको टाउको दुख्न केही कम भएको छ अहिले ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निःशुल्क वितरण गरिने ७० प्रकारका औषधिभित्र होइजाली विकका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि पर्छ । तर, उनले बजारबाटै किन्नुपरेको छ । उनी एक उदाहरण मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेजसिंह साउदका अनुसार स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन ।
‘यहाँ सिटामोल पनि छैन, ग्लोभ्स ९पन्जा० नभएको त धेरै भइसक्यो, पुरानालाई धोएर काम चलाइन्छ,’ साउदले राजधानीसँग भने, ‘निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिमा गत वर्ष बचेका १०/१२ औषधि मात्र छन्, तर ती अधिकांश प्रयोग गर्न नमिल्ने भइसकेका छन् ।’ नेपाल सरकारले जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर, सदरमुकामकै स्वास्थ्य केन्द्रमा समेत यी औषधि पाइँदैनन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा औषधिको चरम अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित पठाउनुपर्ने औषधि आपूर्ति गर्न नसक्दा यो समस्या आएको हो । स्वास्थ्य संस्थामा औषधिको अभावका कारण स्थानीयवासीले सामान्य औषधिसमेत औषधि पसलमा खरिद गर्नुपर्ने बाध्यता छ । सरकारले तोकेको निःशुल्क औषधि अधिकांश समय स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन ।
जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीले संस्थामा औषधि नभएपछि निजी मेडिकलमा उपचारका लागि सिफारिस गर्दै आएका छन् । बाजुराका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको ६ महिना बितिसक्दा पनि सरकारी निकायले चासो दिएको छैन ।