hand-ballबिमल गौतम / तुलसीपुर २७ मंसिर । भोलि देखि दाङको तुलसीपुरमा हुन लागेको मध्यपश्चिम स्तरिय ह्याण्डवल प्रतियोगिताको सम्पुर्ण तयारि पुराभएको छ । राष्ट्रिय प्रतियोगिताका लागी मध्यपश्चिम क्षेत्र स्तरिय खेलाडि छनौट गर्नका लागी हुन लागेको प्रतियोगताको सम्पुर्ण तयारि पुरा भएको आयोजक दाङ जिल्ला ह्याण्डवल संघले जनाएको छ ।

संघले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका लागी कोर्ट बनाउने , खेलाडि तयारि , बाहिरि जिल्लाका खेलाडिहरुको आवास , पत्राचार लगाएतका काम सम्पन्न गरेको जनाईएको छ । दाङ जिल्ला ह्याण्डवल संघका अध्यक्ष चिरिञ्जीवि रिजालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रिजालले भोलि २७ गते दिउसो साढे एक बजे प्रतियोगिताको उदघाटन गरिने बताउनु भयो ।

साथै अध्यक्ष रिजालले दाङ जिल्लाले क्षेत्रिय प्रतियोगीता गर्ने अवसर आएको हुदा यसलाई सभ्य एव भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्न समेत सवै जिल्ला बासिहरुमा अनुरोध गर्नु भएको छ । प्रतियोगतामा नेपाल ह्याण्डवल संघका महासविच सहितका पदाधिकारि आउने संघले जनाएको छ । प्रतियोगितामा मध्यपश्चिमका ४ जिल्लाका खेलाडिहरुको सहभागिता रहने छ । अरनिको मैदानमा हुने प्रतियोगिता अन्र्तगत भोलि नै दिउसो पहिलो खेल दाङ र सुर्खेत बिच हुने छ ।

त्यसैगरि दिउसो साढे ३ बजे दोस्रो खेल दैलेख र बाके , तेस्रो खेल २८ गते बिहान ८ बजे सुख्र्रेत र बाके , चौथो खेल दाङ र सुख्रेतका महिला खेलाडिहरुको बिचमा दिउसो साढे २ बजे हुने छ । त्यसैगरि पाचौ खेल दाङ र दैलेखका बिचमा दिउसो ३ बजे , छैठौ खेल २९ गते बिहान ८ बजे सुर्खेत र दैलेख र सातौ खेल बाके र दाङ विच हुने दिउसो २ बजे हुने पत्रकार सम्मेलनमा जानकारि गराईएको थियो ।

यसैबिच ब्यवसायी एव समाजसेवि बालकृष्ण श्रेष्ठले भोलि देखि हुने ह्याण्डवल प्रतियोगताका लागी दाङका २४ जना खेलाडिहरुलाई जर्सी प्रदान गर्नु भएको छ । आज संघले आयोजना गरेको प्रत्रकार सम्मेलनमा श्रेष्ठले खेलाडिहरुलाई २४ थान जर्सि सहयोग गर्नु भएको हो ।

पत्रकार सम्मेलनमा नेपाल ह्याण्डवल संघका केन्द्रय सदस्य पिताम्वर आचार्य , दाङ जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष हुकुम बहादुर वस्नेत लगाएतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार बिमल गौतमले गर्नु भएको थियो ।