तुलसीपुर २७ मंसिर । तुलसीपुर नगरपालिकाको सहयोगमा युवा सञ्जाल टरिगाउले आयोजना गरेको खसि कप फुटवल प्रतियोगीतामा नेपाल पत्रकार महासंघ दाङ विजयी भएको छ । खेलको फाईनलमा आयोजक युवा सञ्जाललाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै पत्रकार महासंघको समूह विजयी भएको हो ।
जसमा महासंघको तर्फबाट विष्णु केसीले गोल गरेका थिए । अरनिको मैदान तुल्सीपुरमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महाहसंघ दाङ, आयोजक युवा सञ्जाल, बैंकर्स एशोसियसन र तुल्सीपुर नगरपालिकाको समूह गरि ४ टिमको सहभागीता रहेको थियो । प्रतियोगीताको पहिलो खेलमा तुल्सीपुर नगरपालिकाको टिमलाई पत्रकार महासंघले र बैंकर्स एशोसियसनको टिमलाई आयोजक टिमले पराजित गरेका थिए ।
प्रतियोगीतामा नगरपालिकाका कर्मचारीहरुको टिमसंग भएको खेलमा पत्रकार महासंघको टिम निर्धारित समयसम्म वरावरी एक एक गोल खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउटमा नतिजा निकालिएको थियो । पिनाल्टीमा पत्रकारको टिमका क्याप्टेन रुपक थापा, द्रोण योगी र चन्द्र नेपालीले गोल गरेका थिए भने पिनाल्टीमा नगरपालिकाको टिमले एक गोल पनि गर्न सकेन ।
विजयी टिमलाई सोमवार एक कार्यक्रमका विच ३५ किलोको खसि तथा प्रमाण पत्र प्रदान गरिने आयोजक सञ्जालका सन्तोष वलीले जानकारी दिनुभएको छ ।











