
तुलसीपुर २७ मंसिर । योंगस्टार युवा क्लब ( दांग ) ले थाईल्याण्ड क्रिकेट एसोसिएसन टिमलाई ९१ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिंग गर्दै योंगस्टारले बनाएको १८९र४ को प्रतिउत्तरमा ब्याटिंग गरेको थाईल्याण्ड टिमले २० ओभरमा ९८र९ मात्रै बनाउन सक्यो । नेपाली टिमको लागि सोनु तामांगले सर्बा्धिक ९७ रन तथा प्रशन्न शाक्यले ५७ रन योगदान दिए यस्तै बलिंग तर्फ प्रविन अधिकारी र प्रशन्न शाक्यले ३र३ विकेट हात पारे ।
केही दिन पहिले थाईल्याण्ड पुगेको दाङ तुलसीपुरको क्रिकेट टोली रुपेश शर्माको कप्तानीमा रहेको छ । टोलीले भोली थाईल्याण्डको
राष्ट्रिय टिमसंग खेल्ने टोलीका कप्तान रुपेश शर्माले जानकारी दिनुभयो । नेपाली समय अनुशार भोली विहान साढे ८ वजे खेल शुरु हुने शर्माले वताउनु भयो ।











