घोराही २७ मंसिर । महिला क्रिकेटको क्षेत्रीय उपाधि दाङले जितेको छ । आइतवार दाङ घोराही स्थित पदमोदय पब्लिक उच्च माविको खेल मैदानमा भएको सातौ राष्ट्रिय छनौट महिला क्रिकेट प्रतियोगिता अन्तगत दाङ र वाँके विच भएको अन्तिम खेलमा मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिताको उपाधि दाङले जितेको हो ।
फाईनलमा दाङले वाँकेलाई २२ रनले पराजित गर्न गरेको हो । टस जितेर पहिले व्याटिङ सुरु गरेको दाङले निर्धारित २० ओभरको खेलमा दाङकी लक्ष्मी चौधरीले सर्वाधिक ३० रन जोडेकी थिइन । त्यस्तै सर्मिला जिएम ११ र नमिता नेपालीले ९ रनको योगदान गरेका थिए । वलिङ तर्पm वाँकेकी सामाना पुन र गिता गोसाईलीले समान २ ÷२ विकेट लिएका थिए । ९९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको वाँकेले ४ विकेटको क्षतिमा ७६ रन मात्र वनाउन सकेको थियो ।
त्यस्तै व्याट्रिङ तर्फ वाँकेकी ममता थापाले २२ रन , तिर्सना सिंहले १५ रन र सरिता मगरले १३ रन वनाएका थिए । त्यस्तै वलिङ तर्फ दाङकी रविना चौधरी र सर्मिला रोका मगरले १÷१ विकेट दिएका थिए । खेलमा ३० वलमा ३० रन वनाउन सफल दाङकी लक्ष्मी चौधरीलाई म्यान अफ द ओमन घोषित गरिएको थियो । क्षेत्र स्तरिय प्रतियोगितामा वाँके उपविजेतामै चित्त बुझाउन सफल भएको छ ।
त्यस्तै आइतवार नै भएको अर्काे टेवल टेनिस छनौट प्रतियोगिताको उपाधिपनि दाङले नै हात पारेको छ । दाङ र सुर्खेतविच भएको अन्तिम प्रतियोगितामा दाङले सुर्खेतलाई पछि पार्दै उपाधिको रक्षा गरेको हो ।
यसैविच क्षत्रीय टेवलटेनिस छनोट प्रतियोगिताको ओमस् सिंगल तर्फको उपाधि दाङकी रोषनी अधिकारीले जितेकी थिइन । मेन्स् सिंगल तर्फको क्षेत्रीय उपाधि भने बाँकेका नरेश रावलले जितेका थिए । प्रतियोगिता अन्तरगत शनिबार भएको फाइनलमा दाङकी पुजा नेपालीलाई ३–२ को सेटमा पराजीत गर्दै रोषनीले उपाधी चुमिन भने बाँकेका प्रविण शेर्पालाई ३–१ को सेटमा पराजीत गर्दै नरेशले मेन्स् सिंगलको उपाधी चुम्न सफल भएका हुन ।
फाईनलमा पराजीत प्रविण र पुजा रजत पदकमा चित्त बुझाउन बाध्य भएका थिए । त्यस्तै मेन्स सिंगल तर्फ दाङका विपिन आचार्य, सल्यानका दिपेश राना र दाङका प्रज्वल केसी, ओमन सिंगल तर्फ दाङकी प्रवित्रा खनाल , वर्दियाकी निशा, र सुर्खेतकी कल्पना सिंह सातौ राष्ट्रियका लागि छनोटमा परेका छन । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आगामी पौष ८ गते देखि १५ गतेसम्म राजधानीमा सुर हुन लागिरहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम हुने समुहले सहभागिता जनाउन पाउने छ ।