तुलसीपुर २७ मंसिर । पत्रकार दुर्गालाल केसीलाई पितृ शोक परेको छ । केसीका पिता धनिराम खत्रीको आइतबार विहान राजधानीमा उपचारको क्रममा निधन भएको हो । ८० वर्षीय खत्री एक महिना देखि विरामी थिए । काठमाण्डौ स्थित विरेन्द्र शैक्षिक अस्पताल छाउनीमा केसीको निधन भएको थियो । स्वर्गिए केसीको अन्तिम संस्कार आइतवार नै पशुपतिको आर्यघाटमा हिन्दु परम्पराअनुसार गरिएको केसीको पारिवारीक स्रोतले बताएको छ ।
यसैविच पत्रकार केसीलाई परेको पितृ शोक प्रति बिभिन्न संघ संगठनले दुःख ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार केसीका पिताको निधनप्रति दुःख ब्यक्त गरेको छ । महासंघका अध्यक्ष सुदिप गौतम र सचिब गजेन्द्र बोहराले संयुक्त शोक बक्तब्य मार्फत महासंघ दाङका पुर्व कोषध्यक्ष एवं केन्द्रिय पार्षद समेत रहेका केसीका बुवाको निधनले आफुहरु निकै स्तव्ध भएको उल्लेख गरेका छन् । पत्रकार केसी हाल कान्तिपुर दैनिकमा कार्यरत छन् ।
उनी प्रेस चौतारी नेपाल दाङ शाखाका निबर्तमान अध्यक्ष हुन् । शोक बक्तब्य मार्फत केसी परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति र सामथ्र्य प्राप्त होस् भनि कामना गर्दै समवेदना पनि प्रकट गरिएको छ । यसैविच प्रेस चौतारी नेपाल दाङ शाखाले पनि केसीका पिताको निधन प्रति दुःख व्यक्त गरेको छ । शाखा अध्यक्ष टिका वस्नेत र सचिव वसन्त आचार्यले जारी गरेको शोक वक्तत्वयमा चौतारीका पुर्वअध्यक्ष एवं सल्हाकार दुर्गालाल केसीका पिताको निधनले शाखा स्तव्ध भएको उल्लेख गरिएको छ ।
शोकको यस घडिमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति सामाथ्र्यता प्राप्त होस भन्ने कामना गरिएको छ । यस्तै प्रेस युनियन दाङले पनि दुख प्रकट गरेको छ । प्रेस युनियनका जिल्ला अध्यक्ष शुसिल वस्नेतले शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । यसैविच रिपोटर्स क्लव नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मी र सचिव विमल गौतमले पनि पत्रकार केसीका पिताको निधनको खबरले स्तब्ध बनेको उल्लेख गरेका छन् ।
