सिचाइमन्त्री दिपक गिरी दाङ आउनुहुने भएको छ । दाङको सौडियारमा सौडियार गाविसस्तरीय सामुदायिक अध्ययन केन्द्रले सञ्चालन गरेको इसेवाको औपचारीकरुपमा उद्घाटन गर्न मन्त्री गिरी आउन लाग्नु भएको हो । जिल्ला शिक्षा कार्यालय दाङवाट उत्कृष्ट अध्ययन केन्द्र भए वाफत प्राप्त गरेको ५० हजार पुरस्कारवाट सो अध्ययन केन्द्रले त्यहा सञ्चालन गर्न लागेको इसेवाको यहि मंसिर २८ गर्ने उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्ययन केन्द्रका सुचना संयोजक निशानदाजु भट्राइले जानकारी दीनुभयो ।

deepak-giri-congress-dai बिधुतिय माध्यमवाट फोन, डिसहोमको रिचार्ज, टेलिफोन विल भुक्तानि, इन्टरनेट विल भुक्तानि, हवाइजहाज टिकट लगायत विविध सेवा स्थानियस्तरवाट दिने उदेश्यले इसेवा सञ्चालन गर्न लागिएको उहाले बताउनु भयो । संस्थागतरुपमा जिल्लामै पहिलोपटक सौडियारमा सञ्चालन हुन लागेको इसेवाको मन्त्री गिरीले विद्युतिय माध्यमवाट मोवाइलमा रिचार्ज गरेर सेवाको उद्घाटन गर्नुहुनेछ । यसपुर्व सौडियार, धर्नाका स्थानियवासिहरु फोन, डिसहोम, सिमटिभिको रिचार्ज लगायत इसेवावाट प्राप्त अन्य सेवाका लागि सदरमुकाम घोराही धाउनुपर्ने वाध्यता रहदै आएको थियो ।

मन्त्री गिरी इसेवा उद्घाटन कार्यक्रमपछी २९ गते सिचाई मन्त्रालयले दाङमा स्थापना गर्न लागेको बृहत दाङ सिचाई परीयोजनाको कार्यालय उद्घाटन कार्यक्रम, सिचाई आयोजनाको अवलोकन र अन्य विविध कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । यसैविच आयोजक संस्था सामुदायिक अध्ययन केन्द्रले सिचाई मन्त्रि दिपक गिरीले इसेवाको उद्घाटन गर्ने कार्यक्रम रहेकाले उपस्थित हुन सबैमा आग्रह गरेको छ । अध्ययन केन्द्रका अध्यक्ष चेतु भण्डारीको अध्यक्षता एव सामुदायिक अध्ययन केन्द्र सञ्जालका जिल्ला सचिव निशानदाजु भट्राइको प्रमुख आतिथ्यता तथा दाङका इसेवा प्रमुख राजन न्यौपानेको विशीष्ट आतिथ्यतामा बसेको बैठकले मंसिर २८ गते दिउसो ३ बजे सौडियार ७ सौडियारस्थित साझा भवनमा हुने उद्घाटन कार्यक्रममा उपस्थित हुन स्थानियवासि, राजनितिक दल, समाजसेवि, बुद्धिजिवि, पत्रकार लगायत सबैमा आग्रह गरेको कार्यसमिति सदस्य चन्द्रप्रशाद घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै नेपली  काग्रेस क्षेत्र नम्बर ३ र सौडियार गाँउ इकाई कमिटिले पनि सिचाईमन्त्री गिरीले इसेवा उद्घाटन गर्ने कार्यक्रम रहेकाले उपस्थित हुन सबैमा आग्रह गरेको छन् । काग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगि र काग्रेस सौडियारका सभापति कर्णबहादुर बुढाथोकिले उक्त कार्यक्रममा उपस्थित हुन पार्टिका नेता, कार्यकर्ता, भातृसंगठनका प्रमुख एंव प्रतिनिधि तथा शुभेच्छुक सबैमा अनुरोध गर्नु भएको हो ।